पाँचथर– नेपाली काँग्रेसको विशेष महाधिवेशनको माग गर्दै पाँचथरबाट १८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । जेन जी आन्दोलन पछिको परिस्थिति बद्लिएको भन्दै नेपाली काँग्रेसभित्र संस्थापन इतर समूहले विशेष महाधिवेशनका माग गर्दै हस्ताक्षर अभियाननै देशभर चलाएको छ ।
जिल्लाबाट प्रतिनिधित्व गर्ने २६ महाधिवेशन प्रतिनिधि मध्ये ओनाहाङ नेम्बाङको निधन भएकाले अहिले २५ जना रहेका छन् ।
२५ जना मध्येबाट निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ सहित १८ जनाको हस्ताक्षर पठाइएको काँग्रेस स्रोतले जानकारी दिएको छ ।
केरुङ, सुमन लामा, आशा आङ्देम्बे, देवित्रा आङ्देम्बे, बिरेन्द्रकुमार खड्का, हरिराज आङ्देम्बे, देशु सुहाङ, जनीमाया थापा मगर, ताराहाङ तावा, छबी बाँस्कोटा, राजेश पोदार, गंगा बहादुर आङ्देम्बे, गंगामाया आङ्देम्बे, मधु जबेगु, बिमल धमला, नविनचन्द्र ढुङ्गेल,बम प्र लावती र गोपालप्रसाद पोख्रेल हस्ताक्षर गरको छन् ।
जिल्ला सभापति रुपनारायण जवेगु, मित्र प्रसाद काफ्ले, केदार बाँस्कोटा, कान्ता रिजाल, दुत बहादुर गुरुङ, कौशीला गुरुङ र चन्द्र सुन्दर खेवाङले हस्ताक्षर गरेनन् ।
छिमेकी इलाम, ताप्लेजुङमा पनि हस्ताक्षर सङ्कलन गरिएको त्यहाँका नेताहरूले बताएका छन् । पार्टीको अमूल परिवर्तन र नेतृत्वको हस्तान्तर आवश्यक रहेको उनीहरूको भनाई छ ।