फिदिम । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आफ्नो शाखामा रहेका ८३ जना पत्रकारहरुको दुर्घटना विमा गरिदिएको छ । पाँचथर शाखाले साधारण सदस्यहरुको निशुल्क दुर्घटना विमा गरेको हो । महासंघले अडोज इन्सोरेन्स काठमाण्डौँ मार्फत प्रति ब्यक्ति ७ लाख रुपैँया बराबरको दुर्घटना गरिदिएको पत्रकार महासंघ शाखा पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए ।
बुधबार पत्रकार महसंघको सभाहलमा पाँचथर शाखाको वेवसाइट सार्वजनिक तथा भेटघाट कार्यक्रमको आयोजना गरि महासंघले आफ्नो वेवसाइट समेत सर्वजनिक गरेको छ । अब महसंघको आफ्नो गतिबिधिहरु लाई डिजिटल बनाउदै लैजाने उद्देश्यले वेवसाइट सावर्जनिक गरिएको बाँस्कोटाले जानकारी दिए । वेवसाइट प्रमुख अतिथि तथा फिदिम नगरपालिकाका नगर प्रमुख ओनाहाङ नेम्बाङले लगइन गरेर सार्वजनिक गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकाल र पत्रकार महासंघ प्रदेश नम्बर एकका उपाध्यक्ष लवदेव ढुङगानाको समेत उपस्थिती रहेको थियो ।सोहि कार्यक्रमको अवसरमा पत्रकार महासंघ पाँचथर शाखाले अबको दुई आर्थिक बर्ष ‘तालिम बर्ष’ को रुपमा प्रयोग गर्ने शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले घोषण गरेका छन् ।
अबको दुई आर्थिक बर्षलाई तालिम बर्षको रुपमा विकास गर्ने बाँस्कोटाले जानकारी दिए । आर्थिक बर्ष २०७८/०७९ र २०७९/८० मा पत्रकारको क्षमता विकासमा जोड दिने उद्देश्य सहित तालिम बर्ष बनाउन लागिएको बाँस्कोटाले जानकारी दिए ।खोज पत्रकारिता, फिचर लेखन, फोटो पत्रकारिता, वातावरण पत्रकारिता, मल्टीमिडियाको विभिन्न महत्पुर्ण तालिम सञ्चालन गरि शाखाका सदस्यहरुको गुणस्तर वृद्धि गर्ने लक्ष राखिएको बाँस्कोटाले जानकारी दिए ।