काठमाडौं ।केही दिनयता देशैभरि पानी परिरहेको छ। भदौको दोस्रो साता निरन्तर परेको झरीले तराईका विभिन्न भागमा डुबान भएको छ भने पहाडमा ठाउँ-ठाउँमा पहिरो खसेको छ।काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ। बागमती, प्रदेश-२, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लामा पानी परेको छ भने प्रदेश-१, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ।
मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले केही दिनयता पानी परिरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्। मानन्धरका अनुसार सोमबार साँझसम्म पानी क्रम जारी रहनेछ ।
‘मंगलबार बिहान केहीबेर आकाश खुल्नेजस्तो देखिए पनि फेरि साँझबाट पानी पर्ने देखिन्छ,’ मानन्धरले भनिन्।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ भाद्र १३ गते (आइतबार)
दिउँसो: देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ भाद्र १४ गते ( सोमबार)
दिउँसो: देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ भाद्र १५ गते ( मंगलबार)
दिउँसो: देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।