फिदिम । लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । बिहिबार ७८ जनाकाे एन्टिजेन परिक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । याे संख्या परिक्षण गरिएकाे संख्याकाे पचास प्रतिशत हाे ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ४४ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये दुई हजार चार सय ३८ जना निको भएका छन ।
२९ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १६ जना एचडयिुमा उपचारत रहेकाे र ५४३ जना होम आइसुलेसनमा बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । काेराेना संक्रमणकाे कारण पाँचथरमा हाल सम्म १४ जनाकाे ज्यान गएकाे जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
पाँचथरमा परिक्षण गरिएकाे मध्ये ५० प्रतिशतमा संक्रमण , बिहिबार ३९ जनामा काेराेना संक्रमण पुष्टि
पाँचथरमा परिक्षण गरिएकाे मध्ये ५० प्रतिशतमा संक्रमण , बिहिबार ३९ जनामा काेराेना संक्रमण पुष्टि

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस