काठमाडौं । आज राती १२ ः४५ बजे युरोकपमा सेमिफाइनल प्रबेसको लागी बेल्जियम र इटाली भिड्दैछन् । मुख्य प्रतियोगिताको नकआउटमा विश्व नम्बर वानले इटालीसंग पहिलो भेट गर्दैछ। तथ्यगत हेर्न चाहने हो भने १९५४ को विश्वकपमा एकपटक भेट भएको यी टिम १९८०, २००० र २०१६ को समूह चरणमा भेट भए।
विश्वकप र युरोकपजस्ता मुख्य प्रतियोगितामा आज बेल्जियमले इटाली (अजुरी) को पाँचौ पटक सामना गर्दैछ। तर, यसअघिका चारै खेलमा यी दुई टिमले समूह चरणमा खेलेका थिए। तर, अहिले भने युरोकप २०२० को क्वार्टरफाइनलमा भेट हुँदैछन्।
ती सबै खेलमा इटाली अपराजित छ। तीन खेलमा बेल्जियम पराजित हुँदा एक खेल बराबरीमा रोकिएको थियो। विश्व नम्बर वान बेल्जियमका लागि अहिले आएर त्यो इतिहास निकै तिक्ततापूणर् छ।
जबकि मुख्य प्रतियोगितामा बेल्जियमले इटालीभन्दा धेरै पटक कुनै विपक्षी टिमसँग जितविहीन यात्रा गरको छैन। बरु फ्रान्स र जर्मनीसँग समान चार पटक जितविहीन छ।
सँगैमा जर्मनीसँग ९ पटक र अष्ट्रियासँग पाँच पटक गरि अपराजित यात्रा कायम गरेको इटालीको बेल्जियम तेस्रो टिम हो। त्यसैले इटाली आजको खेलमा सोही लय कायम राख्दै समिफाइनलको यात्र तय गर्न चाहन्छ।
इटाली अहिले युरोकपमा लगातार चौथोपटक क्वार्टरफाइनल पुगेको छ। त्यसमध्ये तीन खेलका क्रममा पेनाल्टी सुटआउटसम्म पुगेको थियो। जहाँ ऊ दुई पटक पराजित भयो र एकपटक विजयी।
उसलाई पेनाल्टीबाट हराउनेमा स्पेन र जर्मनी थिए भने इंग्ल्यान्डलाई जितेको थियो, जुन उसको पाँचमध्येका तीन टाईब्रेकर थिए। युरोकपका पाँच नकआउटमा पेनाल्टीबाट निणर्यमा पुग्नुपरेको इटाली एक मात्र टिम हो।
बाँकी समयको खेलको नतिजा हेर्ने हो भने इटाली थोरै गोलको सामना गर्ने टिममा पर्छ। उसले पछिल्ला १८ खेलमध्ये ९विश्वकप र युरोकप० एउटा खेलमा मात्र एकभन्दा धेरै गोल बेहोरेको छ। ती खेलमा उसले ८ क्लिनसिटसहित १३ गोल मात्र बेहोरेको थियो।
यसैक्रममा उसको सबैभन्दा ठूलो हार नै युरोपियन च्याम्पियनसिप २०१२ को फाइनल थियो, जहाँ इटालीका पोस्टमा चार गोल गर्दै स्पेनले उपाधि जितेको थियो।
त्यस्तै, सबै प्रतियोगिताका पछिल्लो ३१ खेलमा इटाली अपराजित छ। प्रतिद्वन्द्वी बेल्जियमले पछिल्ला आठमध्ये सात खेलमा जित निकालेको छ। उसले पछिल्लो संस्करणमा वेल्ससँग ३-१ गोलको हार बेहोरेको थियो।