पाँचथर । जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा हराएका ४० जना मानिसलाई सुरक्षित रूपमा फेला पारेको जनाएको छ । फेला पारेका मानिसहरुलाई सुरक्षित रूपमा आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ । फेला परेकामध्ये २१ जना पुरुष र १९ जना महिला रहेका छन् ।
उमेरगत वर्गीकरण अनुसार १३ जना बालबालिका, ३ जना ज्येष्ठ नागरिक र बाँकी वयस्क पुरुष ,महिला रहेका छन् । स्पष्ट देखाउँछ कि मानिस हराउने घटना कुनै एक लिङ्ग वा उमेर समूहमा सीमित छैन ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र शाहाका अनुसार, हालसम्म हराएको निवेदन दिएका ९ जना व्यक्ति अझै फेला पर्न सकेका छैनन् । “खोजी कार्य निरन्तर जारी छ र समुदायसँग समन्वय गर्दै खोजी भइरहेको छ,” उनले भने ।
यस्ता घटनाले परिवार मात्र होइन, सिङ्गो समुदायमा असर पार्ने प्रहरी र सरोकारवालाहरू बताउँछन् । बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षा जोखिममा पर्न सक्ने, वयस्कहरू मानव बेचबिखन वा अन्य आपराधिक गतिविधिमा फस्ने सम्भावना बढ्ने प्रहरी बताउछन् ।
प्रहरीले परिवारजनलाई आफ्ना सदस्यको गतिविधि, आवागमन र मोबाइल सम्पर्कमा सचेत रहन र कुनै व्यक्ति हराएको थाहा पाएसाथै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।
यस्ता घटनामा समुदाय र परिवारको सतर्कता पनि उत्तिकै महत्वपूर्ण रहेको देखाएको छ ।




