पाँचथर ः काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ५ को नेपाल विकासका लागि ज्ञानेश्वर फाउण्डेसनले कोशी प्रदेशका पाँच जना व्यवसायीक कृषकलाई जनही एक लाख २० हजार राशि सहितको सम्मान प्रदान गरेको छ । फाउण्डेसनले कोशी प्रदेशका १० जनालाई सम्मान गर्ने जनाएको छ । व्यवसायीक र उदाहरणीय कृषि फर्म सञ्चालन गर्ने कृषक सम्मानित भएका हुन् ।
शनिवार पाँचथरको फिदिममा आयोजीत कार्यक्रममा इलामको सूर्योदय नगरपालिकाका डिल्लीराम खतिवडा, ताप्लेजुङको फुङलिङ नगरपालिका दिल बहादुर मेयाङ्बो , तेह्रथुमको आठराई गाउँपालिका टेक बहादुर योन्जन र पाँचथरको हिलिहाङ गाउँपालिका केदार गौतमलाई फिदिममा सम्मान गरेको हो । अन्य छ जनालाई सम्मानितको फार्ममै पुगेर सम्मान गरेको फाउण्डेसनका अध्यक्ष ज्ञानेश्वर भट्टराईले जानकारी दिए । फाउण्डेसनले भोजपुर जिल्लाको आमचोक गाउँपालिकाकी सिता राइलाई फार्ममै पुगेर सम्मान गरिसकेको छ । फाउण्डेसनले सम्मानका लागि सोलुखुम्बुको दुधकुण्ड गाउँपालिकाकी डोमी शेर्पा, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका कुमार श्रेष्ठ, खोटाङको दिप्रङ चुङचुम्मा गाउँपालिकाकी अम्बिका राई, संखुबासभाको सभापोखरी गाउँपालिकाकी चन्द्रमाया तामाङ छनौट गरेको फाउण्डेसनका सचिव नबराज बस्नेतले बताए । उदयपुरको एक जनालाई सम्मान गर्ने योजना रहेपनि छनौट बाँकी रहेको उनले बताए ।
फिदिममा आयोजित कार्यक्रममा फाउण्डेसनका अध्यक्ष भट्टराईले कृषिमा परिवर्तन नआए सम्म देशको अर्थतन्त्रमा सुधार नआउने बुझेर १ करोड २५ लाखको अक्षय कोष स्थापना गरेर पाँच वर्ष देश कृषकलाई सम्मान गर्दै आएको बताए ।
महासङ्घको कोशी प्रदेशको लेखा समितिका संयोजक विरेन्द्र काफ्लेले कृषकका लागि महासङ्घले उत्प्रेरणाको काम गरेको बताए । महासङ्घका उपाध्यक्ष पोख्रेलले उद्यमी कृषकका लागि यो कदम महत्वपूर्ण भएको बताए । कार्यक्रम महासङ्घकी फिदिम समिति अध्यक्ष दिल कुमारी ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो ।




