पाँचथर ।फिदिम नगरपालिका–११ स्थित वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले तोडफोड गरेको छ।
वडाध्यक्ष राजेन्द्र थापाका अनुसार, रातिको समयमा अराजक समूहले कार्यालयको झ्याल, ढोका र सिसा फुटाएको हो। तोडफोडका कारण कार्यालयमा भौतिक क्षति पुगेको र घटनाको विस्तृत विवरण संकलन भइरहेको उनले जानकारी दिए।
घटनापछि प्रहरी टोलीले बिहानैदेखि घटनास्थलको मुचुल्का उठाउने कार्य गरेको छ। दोषीको पहिचान तथा पक्राउका लागि खोजीकार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।