एकातिर तमोर नदिको मिठो धुन सुसाईरहेको आवाज आउछ भने वरिपरि पहाडले घेरिएको यो बस्ति मनमोहक र आकर्षक छ। यहाँको रमाईलो पाटो भनेकै फुर्सदमा रमाईलो गर्न शहरिया जीवनबाट आक्रान्त मनिसहरू मुड फ्रेस गराउन माझिटार जान्छन्। नया साथी आउदा होस या,कहाँ जाने त यो शनिवाररु भन्दा अक्सर जाने ठाउँ हो माझिटार,एकपटक यहाँ आउने फेरि आउँदा माझिटार नपुगि कोहि फकर्दैनन्। माझिटार पुग्नुको मुख्य ध्येय हुन्छ, तमोरको माछा खाने। माझिटार पुगेका र माछा चाखेका हरु फिदिम आउदा त्याहा पुग्ने हुटहुटी सबैलाइ चल्छ नै । फिदिम देखि तमोरको माछा खान पाईने नजिकको ठाँउ भएकाले माझिटार प्रायको रोजाईमा परेको हो।
मध्यपहाडी लोकमार्ग पुगेपछि फिदिमदेखि माझिटार सहजै पुगिन्छ ।पाँचथरको सदरमुकामबाट १२ किलोमिटरको दुरिमा रहेको माझिटार सबैको मुखको स्वाद फेर्ने र रमाईलो गर्ने पहिचान बोकेको माझिटार एक मनमोहक स्थल हो। तमोरको पुलमा फोटो खिच्ने, पारी तेहथुमको आठराई हेर्दै माछा खानेहरुको संख्या उलेख्य हुन्छ । आधुनिकपन नदेखिएपछि साना–साना होटलहरु चलेकै छन् ।पछिल्लो समय नयाँ डिजाइनका रिसर्ट पनि खुल्ने क्रममा छ । यहाँ माछा खानलाई बाक्लो गरी आउने गरेको व्यवसायीहरु बताउँछन् । यहाँको माग अनुसार माछा पुर्याउनै समस्या भएको स्थानिय बताउछन। तर कोरोना कहरले बिश्व आकान्त बनेको बेला यसबाट माछाको केन्द्रबिन्दु माझिटारपनी अछुतो रहेन।
तमोरमा विभिन्न खाले माछा पाईन्छ । जाल हानेर माछा मार्ने माझिहरु हुन्छन् । करेन्ट लगाउने गर्दा माछा पाउन कठिन भएको जसबहादुर माझी बताउछन उनी भन्छन एक पटकमा ८र१० केजि माछा बनाउथियौ तर आजकल करेन्ट लगाएर माछा पनि पाउन छाड्यो, अहिले दिनभरिमा १र२र केजि माछा बनाउन हम्बे हम्बे पर्छ । पहिला १००रुपैया केजि माछा बेच्थयौ अहिले १००० रुपैयाँ पर्छ।पहिला माछा बजारसम्म ल्याएर विक्रि गरिन्थ्यो । अहिले खोलामानै हारालुछ हुने गरेको बताउँछन्।
फिदिम आएका पाहुनलाई माझिटार पुर्याएर माछा चखाउने गरीन्छ। तमोरमा विभिन्न खाले माछाका स्वाद लिन मान्छेहरु जान्थे तर यतिबेला माझिटार सुनसान रहेको छ । कोभिडको प्रभाबले यहाका बस्तिहरू सुनसान रहेका छन्।
अहिले लकडाउन अनि यो महामारिले यहाँ मान्छे पुग्दैनन जस्ले गर्दा माझी बस्तिमा हातमुख जोड्न पनि कठिन भएको स्थानिय माझी बताउछन।
माझी बस्ति दैनिक माछा मारेर जीविकोपार्जन गर्ने समुदाय हो। यो कोरोना महामारिले सङ्कटमा परेको छ। स्थानिय आईतबहादुर माझि बताउछन माछा,बर्खे धान,मखै यहाँ प्रमुख आय स्रोत हो तर बर्खे धान भुसुनाले सखाब बनाएको छ अलि अलि फल्ला भनेको मकै पनि फोजि किराले सखाब बनायो लकडाउनले अलि अलि माछा बेचेर गुजारा चल्दै थियो यो पनि ठप्प भयो ।
हामिलाई सरकारले हेर्छ न त स्थानिय निकायले नै यो महामारिमा न त कुनै राहत र कुनै सरसहयोग नै पाएका छौ। उनी भन्छन कोरोनाले भन्दा पनि भोकमरिले ज्यान जोगाउन नसकिएला जस्तो भयो।
माझिटार माछाका लागि चर्चित छ । परम्परागत साना साना घरहरु, निलो सलल बगेको पानी,वरिपरि हरिया पहाड हेर्दै माछा खान आउनेको कमि सङै कोरोना कहरले माझी बस्ति आर्थिक चपेटामा परेको छ।परम्परागत माछा मार्ने यो समुदायमा समयमा नै सरोकारवालाको ध्यान पुग्न आवश्यक छ।