पाँचथर । फिदिम–१ र ११ स्थित फेमे खोलामा बुधबार बिहान आएको बाढीले डाइभर्सनसम्म पुग्ने पहुँचमार्ग बगाउँदा फिदिम–फलोट सडक बन्द भएको थियो। यो सडक फिदिमका वार्ड १०, ११, १२, १३ र फालेलुङका ५, ६, ७ वार्डबाट पाँचथरको सदरमुकाम फिदिम आउजाउ हुने मुख्य मार्ग हो।
स्थानीयवासी र यातायातमा ठूलो असर पारेको सडक पुर्वाधार विकास कार्यालयको मर्मतपछि अब सुचारु भएको छ। कार्यालयका कर्मचारी र प्रविधिक टोलीले सक्रियतापूर्वक काम गरी यातायात पुनः सञ्चालनमा ल्याएका छन्।
यसअघि पनि फेमे खोलामा वर्षा र बाढीका कारण सडक अवरुद्ध हुने घटना दोहोरिन्थ्यो।