हेँवा खाेलकाे फाइल फाेटाे
पाँचथर । फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७स्थित हेवा खोलाको डाइभर्सन बुधबार दिउसाे आएको बाढीले बगाएपछि मेची राजमार्ग ठप्प भएको थियो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सडक अवरुद्ध हुँदा पाँचथरका तीन गाउँपालिका र ताप्लेजुङ जोड्ने मुख्य मार्गमा सवारी ठप्प भएको थियो।
सडक डिभिजन कार्यालय इलामले डाइभर्सन मर्मत गरेसँगै बिहिबार दिउँसोबाट मेची राजमार्गमा यातायात फेरि सुचारु भएको छ। स्थानीय र यात्रुहरूले भने, हेवा खोलामा पानीको बहाव अझै उच्च रहेकाले सतर्क रहन आग्रह गरिएको छ।