इलाम । अविरल वर्षाले पहिरोको त्रास बढाइरहेका बेला इलामको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो आएको लेदोसहितको पहिरोले ६० वर्षीय वीरबहादुर राईको ज्यान लिएको छ।
प्रहरीका अनुसार दिउँसो करिब १२ बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका राई खोल्सामा आएको पहिरोमा पुरिएका थिए। कान कम सुन्ने राई घटनास्थलमै ज्यान गुमाएको पुष्टि जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डिएसपी मानबहादुर राईले गरे।
थप विवरणका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ।