पाँचथर । दोश्रो फिदिम भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा ४ लाख ७७ हजार ९ सय रुपैयाँ नाफा भएको छ । १ लाख ९० हजार रुपैयाँ भने जम्मा हुन बाँकी रहेको आयोजकले जनाएको छ । यो रकम उठदा क्लबकाे नाफा ६ लाख ६७ हजार ९ सय हुनेछ । आयोजक फिदिम भेट्रान्स क्लबले पत्रकार सम्मेलन गरी गत माघ ९ देखि १२ गतेसम्म फिदिम माबिको खेल मैदानमा सम्पन्न प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरेको हो । ४ दिन सम्म चलेकाे प्रतियाेगितामा कुल ८ लाख १५ हजार २ सय १ रुपैयाँ खर्च भएकाे आयाेजकले जनाएका छन् । क्लबले १२ लाख ९३ हजार १ सय १ रुपैयाँ आम्दानी गरेकाे छ ।
आयोजक समितिका सचिव असल मगरका अनुसार १ लाख ९० हजार रुपैयाँ सहयोग प्रतिबद्धता रकम उठ्न बाँकी छ,’ उनले भने, ‘हामी यो रकम उठाउन पहल गरिरहेका छौं ।’ आयोजकका अनुसार फिदिम नगरपालिका बाट दोश्रो पुरस्का बापतको ५५ हजार ५५५ रुपैयाँ सहयोग प्राप्त भएको आयोजकले जनाएका छन् । गेटमनीबाट ५६ रुपैयाँ आम्दानी भएको छ । आयाेजकले १ महिना पछि हिसब सार्बजनिक गरेका हुन् ।
विभिन्न दाताले व्यक्तिगत र संस्थागत रूपमा ५ हजारदेखि १ लाख रुपैयाँसम्म सहयोग गरेको सचिव मगरले जानकारी दिए । प्रतियोगितामा नेपालका सात र भारतको एक गरी आठ टिम सहभागी थिए ।
दोश्रो संस्करणको फिदिम भेट्रान्स गोल्डकप प्रतियोगिताको उपाधि झापा बिर्तामोडको रेड स्टार क्लबले जितेको थियो ।