पाँचथर– पाँचथरको मिक्लाजुङ गाँउपालीका–३ आरुबोटको पेकुवामा खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरि तुम्बेवा– ४ का असफल भनिने नरोध्वज कुरुम्बाङ फरार रहेका छन् । खुकुरी प्रहार गरी श्रीमतीको हत्या, सासु र छिमेकीलाई गम्भिर घाईते बनाएर फरार भएका उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी इक्स्पेक्टर सुमित कुसुवाले जानकारी दिए ।
उनले प्रयोग गरेको खुकुरी घरको जुठेल्नो नजिकै भेटिएको कुुसुवाले जानकारी दिए । उनको खोजिकालागि व्यापक प्रहरी परिचालन गरिएको छ । छिमिकि जिल्ला छिर्ने नाकामा समेत कडाई गरिएको छ ।
पारिवारीक विवाद भएमा घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । श्रीमती गोमा फियाकको खुकुरी प्रहार गरि हत्या गरेका छन् । श्रीमतीलाई हत्या गरि सासुलाई गम्भिर घाईते भएका छन् । घरमा तीन जनामात्र भएको खुलेको छ । घटना भएको सुनेर आएका छिमेकी महेन्द्र श्रेष्ठलाई पनि खुकुरी प्रहार गरेका थिए ।
सासु कान्छिमाया फियाक र छिमेकी श्रेष्ठको विएण्ड सि अस्पताल झापामा उपचार भईरहेको छ ।
मृतकको मिक्लाजुङ गाँउपालीकाको केन्द्र रविमा पोष्टमार्टमका लागि ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
पाँच बर्ष अघि सोहि ठाँउमा यस्तै प्रकृतिको घटना हुँदा नौँ जनाको हत्या भएको थियो । ज्वाईले ससुराली र आफन्तको हत्या गरि आत्मा हत्या गरेका थिए ।