दिपक बोहोरा । पछिल्लो समय नेपाली फुटबल क्लबमा अफ्रिकी खेलाडी खेलाउँदा मात्रै राम्रो प्रदर्शन हुने र उपाधि जित्न सकिने मनोविज्ञान हावी देखिन्छ । खेलमा सुखद नतिजा ल्याउन घरेलु खेलाडीका तुलनामा बिदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन हुने भन्दै प्राय टोलीहरुले बिदेशी खेलाडीहरु खेलाउने गर्दछन् ।
काठमाण्डौं जारी नेपाल सुपर लिगमा बिदेशी खेलाडीहर हाबी हुँदा पाँचथर सरमुकाम फिदिममा जारी प्रथम किराँत गोल्डकपमा बिदेशी खेलाडीहरु सम्मेलित टोलीहरुको नतिजा सुखद आएन । काठमाण्डौं जारी नेपाल सुपर लिगमा पर्न नसकेका बिदेशी खेलाडीहरुलाई समेटेर पाँचथर आएका टोलीहरु पहिलो खेलमै पराजित हुन पुगे । किराँत गोल्डकपको चारवटा खेल सकिदा ४ जना बिदेशी खेलाडीहरु मैदानमा देखिएका थिए । किराँत गोल्डकपमा सेमिफाइनल पुग्ने चारवटै टोलीमा बिदेशी खेलाडीहरु थिएन्न । प्रतियाेिगतामा सहभागि कुनै बिदेशी खेलाडीहरु प्रभाब जमाएन्न बरु पेपेका कारण बदनाममात्र हुन पुगे
२ बिदेशी खेलाडी सहति मैदान उत्रेको तेह्रथुमको मितेरी फुटबल क्लबको हारको कारणनै बिदेशी खेलाडीहरु बन्न पुग्यो । बिदेशी खेलाडीहरुको काराण मितेरी क्लबले अन्तिम २ मिनेट नखेली मैदान छाडेको थियो । मितेरीबाट सहभागि भएका बिदेशी खेलाडी पेपे र ग्लोरी दुबैले रातो कार्ड पाएका थिए । पेपेले खेलमैदानमा खेल रेफ्री माथि अभ्रद व्यवहार गरेकाल पेपेलाई पाँचथर फुटबल क्लबले आयोजना गरेको कुनै प्रतियोगितामा सहभागि हुन नपाउने गरी कारबार्हि गरेको क्लबले जनाएको छ । पेपेलाइ काबार्हीको लागी एन्फामा सिफारीस गर्ने सम्मको निणर्य आयोजकले गरेका छन् । जारी गरेको विज्ञाप्तीमा भनिएको छ ।
यस्तै, किराँत गोल्डकपमा दुई बिदेशी खेलाडी फोफना जुनीयर र ओस्कार सहित मैदानमा उत्रेको ए डिभिजन क्लब हिमालय शेर्पाको पनि नतिजा सुखद रहेन । ताप्लेजुङको कणर् सिंह सोनाम स्मृति क्लब सँग मंगलबार ४-३ गोल अन्तरले पराजित हुँदै ए डिभिजन क्लब हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको छ । बिदेशी खेलाडी ओस्कारले एक गोल गरे पनि टोलीलाई जिताउन सकेकन्न ।
नोपली फुटबलका समर्थक संगुन सुसारा अफ्रिकी खेलाडीको प्रभावसँगै नेपाली खेलाडीप्रति विश्वास कम भएको बताउँछन् । सुसारा भन्छन्, ‘विदेशी खेलाडी नहुँदा पनि धेरै क्लबले राम्रो खेल प्रदर्शन गरिरहेका थिए । अहिले विदेशी खेलाडी राख्दा मात्र जित्ने मानसिकता हावी भएको छ । उनि भन्छन् । सक्षम खेलाडी हामीसँग हुँदाहुँदै विदेशीलाई लगानी गर्नु ठीक होइन
मंसिर २३ गते सम्पन्न हुने प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख ४ हजार ४४४ रुपैंयाँ र उपविजेता टोलील नगद २ लाख २ हजार २२२ रुपैंयाँ प्राप्त गर्ने छ ।