पाँचथर । मिक्लाजुङ गाउँपालिका वडा स्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । पुरुस तर्फ वडा नम्बर ३ र महिला तर्फ वडा नम्बर ४ ले उपाधि जितेका छन् । ७ दिन सम्म चलेको प्रतियोगितामा मिक्लाजुङ गाउँपालिका भित्रका ८ वटा वडाहरुको सहभागीता रहेको थियो।
पुरुस तर्फ मिक्लाजुङ ३ ले मिक्लाजुङ ५ लाइ हराउदै उपाधि जित्दा महिला तर्फ मिक्लाजुङ २ लाइ हराउदै मिक्लाजुङले उपाधि जितेको हो ।
मिक्लाजुङ खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता आयोजना भएको हो । मिक्लाजुङ गाउँपालिकाको खेलकुद तर्फको बजेटबाट वर्षेनि यो प्रतियोतिा आयोजना हुँदै आएको खेलकुद विकास समिति मिक्लाजुङका सचिब मदन राईले जानकारी दिए ।
खेलाडी राष्ट्रका गहना हुन् । सवल, सक्षम र योग्य खेलाडी उत्पादन गर्नु स्थानीय सरकारको दायित्व हो । सो दायित्वलाई आत्मसाथ गर्दै पालिकाले खेल क्षेत्रलाई नियमित सञ्चालन गर्दै आएको । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले जानकारी दिए । माखिमका अनुसार अहिले वडा स्तरीय फुटबल प्रतियोगिता गरिएको र अर्को महिना वडास्तरीय भलीबल प्रतियोगिता आयोजना हुने बताए । पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अन्य खेलका खेलाडीहरुले पनि अवशर पाउने माखिमले बताए ।
खेलकुद नीतिको तीखो अभाव र निषेधको राजनीतिका कारण स्थानीय तहमा खेल क्षेत्रको विकास हुन नसकिरहेका बेला गाउँपालिकाले खेलाडी उत्पादनलाई महत्वका साथ हेरेको मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तोष शेर्माले बताए । पालिकाले समय समयमा खेलकूदका कार्यक्रमहरु गर्दै आएको उनले बताए । सक्षम खेलाडी उत्पादन गरी राष्ट्रिय रुपमा प्रतिष्पर्धा गराउने उद्देश्यले गाउँपालिकाले खेलका गतिविधिरुलाई चलायमान बनाउँदै मिक्लाजुङ गाउँपालिकाले जनाएको छ ।
राष्ट्रको पहिचान, सम्मान र गरिमा अभिवृद्धि गर्न खेलकुदको विकास अपरिहार्य रहेको र यसको लागी गाउँपालिका खेल क्षेत्रमा लगानी गर्न सधै तयार रहेको पालिका अध्यक्ष माखिम बताउछन् । उनले विकासका काम जस्तै खेलकूद क्षेत्रको विकासमा पालिकाले ध्यान दिएको बताए । खेलकुदमार्फत नागरिकको शारीरिक र मानसिक स्वास्थ्य, सामूहिक भावनाको विकास र अनुशासित तथा मर्यादित जीवनयापनमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे ।