पाँचथर । सदरमुकाम फिदिममा जारी छौटौं तरुण गोल्डकप प्रतियोगिताको उपाधिको लागी फिदिम वडा नम्बर १ र ८ बिच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार भएको सेमिफाइनलका खेल जित्दै फिदिम-१ र फिदिम -८ उपाधि नजिक पुगेका हुन् ।
मंगलबार फिदिम माबिको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा फिदिम वडा नम्बर- ८ ले फिदिम वडा नम्बर -१० लाई ३-० गोलले हराउदै फाइन प्रेबश गरेको छ । फिदिम-८ को लागी नवराज गुरुङले २ र लुम्बीहाङ नेम्बाङले १ गोल गरे । खेलमा २ गोल गरेका नवराज गुरुङले म्यान अफ दि म्याचको पुरस्कार जिते ।
मंगलबारनै भएको दोश्रो सेमिफाइनल खेलमा फिदिम वडा नम्बर १ ले फिदिम – ७ लाइ ट्राइबेकरमा ३—१ गोल अन्तरले हराउदै फाइनल प्रबेश गरेको छ । निर्धारित समयमा १/१ गोलको बराबरी भए पछि खेल ट्राइबेकरमा गएको थियो । फिदिम-१ ले सुरुवाती अग्रता लिए पनि खेलको अतिरिक्त समयमा फिदिम—७ ले गोल गर्दै खेलमा रोमाञ्चक बराबरी गरेको थियो ।
ट्राइबेकरमा फिदिम-१का गोल रक्षक नायक बने । फिदिम-७ का दुई जना खेलाडीले प्रहार बचाउदै फिदिम-१ लाई फाइनल प्रबेश गराए । फिदिम-१ का खेलाडीहरुले लगातार ३ प्रहार गोलमा परिणत गर्दा फिदिम-७का र्दुई खेलाडीको प्रहार फिदिम-१ का गोलकिपरले रोक्दा फिदिम -७ निराश बन्न पुग्यो । खेलमा दुई प्रहार बचाएको फिदिम-१ का गोलरक्षक संजोक नेम्बाङ म्यान अफ दि म्याच घोषित भए ।
फिदिम नगरपालिकाका १४ वडा सहभागी रहेको प्रतियोगितामा प्रथम हुनेटिमले ५१ हजार नगद,ट्रफि र प्रमाण पत्र प्राप्त गर्दा उपबिजेताले नगद ३५ हजार, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिए ।
तरुण गोल्डकपमा बुधबार हुने फाइनल खेल
१. फिदिम -१ बिरुद्ध फिदिम -८ दिउसो १ बजे