पाँचथर । पाँचथर सदरमुकाम फिदिम बजारमा बुधबार बिहान अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । फिदिम ६ शिवाबाट फिदिम बजार तर्फ आउदै गरेको प्र १-०१-००१ स ८७०५ नम्बरको शनिबारे नजिक दुर्घटना भएको हो ।
अनियन्त्रित भई अटो दुर्घटना हुँदा फिदिम-६ की ५५ वर्षीय हरिमाया तुम्रोकको मृत्यु भएको प्रहरीले जनाएकाे छ । टाउको र चिउडोमा गम्भीर चोट लागेको तुम्रोकको पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अटोमा सवार फिदिम ६ बस्ने सन्देश लिम्बु, अटो चालक सोहि ठाउँका दिपक लिम्बु, फिदिम ६ कि बसन्ती लिम्बु र फिदिम ७ का कुशसल लिम्बु घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी मिलन थापाले केन्जो खबरलाई जानकारी दिए ।
घाइतेहरुको उपचार पाँचथर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।