पाँचथर । हेवा खोलाको बाढिले पुल बगाएपछि सडक सम्पर्क विहिन बनेको फालेलुङ गाँउपालकामा होमपाईप जडान गरि डाईर्भसन सञ्चालन गर्नका लागि गाँउपालीकाले आर्थिक सहयोग र श्रमदान आव्हान गरेको छ । पुल बगाएपछि १ देखि ५ नम्बर वार्डले ठुलो सास्ती व्यहोरीरहेको बेला जनताको सहयोगमा डाईभर्सन बनाउन लागिएको हो । विभिन्न क्षेत्रका व्याक्तिहरुबाट धमाधम आर्थिक सहयोग आउन थालेको प्रमुख प्रशासकिय अधिकृत डम्बर आङदेम्बेले जानकारी दिए ।
पुल भत्काएर विजोक भएपनि केन्द्र र प्रदेश सरकार वास्ता नगरेपछि गाँउपालीका आफैले पहल थालेको छ । गाँउपालीकाको बजेटले नभ्याउने भएपछि श्रमदान र आर्थिक सहयोगको आव्हान भएको हो । गाँउपालीकाले तीनवटा ठुला ठुला होमपाईप ल्याएको छ । श्रमदान र संकलित रकमबाट जडान गर्ने तयारी भएको छ । घुमाउनेटारभन्ने ठाँउमा होमपाईप राखेर डाईभर्सन बनाउन लागिएको हो । यहाँ रहेको पुल बाढिले बगाएको थियो ।
गाँउपालीका अध्यक्ष विरविक्रम थाम्सुहाङ, उपाध्यक्ष महेन्द्रहाङ जवेगु र विपद् सम्पर्क व्याक्ति सुमन सुमन सुवेदीले सार्वजनिक सूचना जारी गर्दै सहयोगकालागि आव्हान गरेका छन् ।