फालेलुङ (पाँचथर)– हेवा खोलाको किनारमा रहेको सास्टर बेसीमा बाढिले खण्डहर बनाएको खेत हेर्दै गर्दा भेटिएका थिए किसान दिपेन्द्र केरुङ । ‘३० मुरी धान फल्ने खेतमा केहि गरामात्र बाँकि रह्यो । खेत कुलो सबै बगायो’ उनले भने ‘यतिबेला धान हरियो फिर्न लागेको हुन्थ्यो, बगर बनायो ।’
उनको जस्तै पीडा हेवा खोलाका किनारमा खेत भएका किसानले खेपिरहेका छन् । उनको खेत छेउकै मोटरएबल पुल बगाएर आवागमन रोएिको छ । सानो फड्को बनाएर वारीपारी हुँदै छ ।
हेवाकै किनारमा रहेको घुमाउनेटारका खेतपनि बगर भएका छन् । धान रोपिएका खेत बाढिले बगाएको छ । खेतको अवशेष भेट्नै नसकिने गरी बगाएको छ । स्थानीय प्रकाश केरुङ भन्छन् ‘पुल, खेत, हाईड्रोको संरचना बगायो । हेवा बौलाएर ठुलो क्षती गरायो ।’
केरुङले भनेझै असारको सरुवातमा गएको बाढि, पहिरोले पाँचथरको उत्तरी फालेलुङ गाँउपालीकामा ठुलो क्षती पु¥यायो । भौतिक पूर्वाधार र खेती योग्य जमिनमा ठुलो क्षती पुगेको छ । यो गाँउपालीकामा एकजना वालीकाको मृत्यु भएको थियो ।
पहिरोले पुरीएर उद्वार गरीएकी वालीकालाई समयमा अस्पताल पु¥याउन नसक्दा मृत्यु भयो । दुईवटा मोटरएबल पुल बगाउदा गाँउपालीकाको सडक सम्बन्ध विच्छेद भएको छ ।
विपदलाई गाँउपालीकाले एक्लै सामाना गरिरहेको छ । प्रदेश र संघ सरकारले नदेख्दा पुनः निर्माण, पीडितलाई थप राहत लगायतमा के हुने भन्ने अन्योलता रहेको छ ।
२०७४ सालमा पहिरोको पीडा भोगेको यो गाँउपालीकामा फेरी विपद्ले क्षती पु¥याएको हो । ‘मान्छे विस्थापित भएका छन् । भौतिक संरचनामा निक्कै ठुलो क्षती पुग्यो । एक्लो प्रयासले पुनः निर्माण गर्न कठिन छ’ गाँउपालीका अध्यक्ष विरविक्रम थाम्सुहाङले भने ‘बाईक तार्न झोलुङ्गे पुल जाने बाटो बनाएका छौँ ।’
उनका अनुसार तत्काल पुल बन्ने सम्भावना नभएकाले हेवा खोलमा डाईभर्सन गर्नका लागि गाँउपालीकाले ठुला ठुला होम पाईप ल्याएको छ । केहिदिनमा डाइभर्सन सञ्चालनमा ल्याउने गरी काम गरिरहेको उनले बताए ।
दुर्गमका फालेलुङका गाँउहरुमा प्रदेश र संघ सरकारको ध्यान पुग्न सकेको छैन् ।
दुईवटा मोटरएवल पुल बगाएर आवागमन ठप्प हुँदा पनि संघ र प्रदेश सरकारले चासो नदिएको गुनासो रहेको छ । दुईवटा मोटरएवल पुल बगाएको छ भने एउटा भत्काएको छ । सडक, विद्यालय, खेती योग्य जमिनमा ठुलो क्षती भएको छ । अझै केहि बर्ष उठ्न नसक्ने गरी पूर्वाधारमा क्षती पु¥याएको भन्दै जनप्रतिनिधि चिन्तीत छन् ।
विद्यालय आउने पुल तथा बाटो बिग्रिएपछि विद्यार्थीले विद्यालय आउन पाएका छैनन् । सरस्वती मावि मेमेङका निमित्त प्रध्यानाध्यापक लोक बहादुर केरुङका अनुसार पुल भत्काएका कारण विद्यालयमा १५ जना विद्यार्थीले विद्यालय आउन पाएका छैन् । केहि विद्यार्थी डेरा बसेर पढिरहेको उनको भनाई छ । यस्तै मेमेङ माध्यमिक विद्यालयमा पनि छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश थाम्सुहाङका अनुसार विद्यार्थी आउने पुलमा क्षती भएको तथा बाटो बगाएकाले केहि विद्यार्थी विद्यालय आउन पाएका छैनन् । उनका अनुसार पहिरोले विद्यालय भवनमा पनि क्षती पुगेको छ ।
घटना स्थल नजिक भन्दापनि घन्टौँ कुरेर सरकारले उपलब्ध गराउने १५ हजार राहत रकम, एक बोरा चामल लागयतका खाद्यान्न लिईरहेका छन् । सरकारका मन्त्री हेलिकप्टरमा सदरमुकाम आए, प्रधानमन्त्री मौसम खराब भएकाले सदरमुकाम नजिक घुमेर फर्किए । तर हेलिकप्टरबाट दुर्गम फालेलुङमा राहत पु¥याउन सरकारले ध्याननै दिएन ।
गाँउपालीको तथ्याङ्क अनुसार ६५ परिवार विस्तापित भएका छन् भने ४२ परिवार उच्च जोखिममा रहेका छन् । दुईवटा पक्कि पुल पूर्ण क्षती भएको एउटालाई क्षती पुगेको छ । एउटा झोलुङ्गे पुल बगाएको छ भने दुईवटा क्षती पुगेको छ । ८ वटा सिचाई कुलो बगाएको भने विभिन्न ठाँउमा खानेपानी मुहान बगाएको छ । खेत, अलैचीबारी लगायतका क्षेत्रमा क्षती पुगेको छ ।