फिदिम । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंलाई एक युवकले गालामा थप्पड हान्ने प्रयास भएको छ । राष्ट्रपतिको गालामा थप्पड हानेको भिडियो समेत अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
फ्रान्समा समाचार माध्यहरुका अनुसार राष्ट्रपति इम्यानुअल म्याक्रोंमाथि दक्षिणी फ्रान्सको एक कार्यक्रममा थप्पडको प्रयास भएको हो । उनी मंगलबार एक कार्यक्रमका लागि त्यहाँ पुगेका थिए ।
राष्ट्रपति म्याक्रों उक्त कार्यक्रममा हात मिलाउदै थिए । सोही क्रममा एक युवकले छेउको मानिसहरुसँगै हात मिलाउदै गर्दा थप्पडको प्रयास भएपनि राष्ट्रपति आफै र उनका सुरक्षा दिने अधिकारीहरुले छेक्दा थप्पड भने गालामा प्रहार हुन नसकेको भिडियोमा देखिन्छ ।
त्यहाँका समाचार माध्यमहरुका अनुसार थप्पड प्रहारको प्रयास गर्ने र अर्का एकजना गरी सुरक्षाकर्मीले पक्राउ गरेको छ । त्यसपछि राष्ट्रपतिलाई पनि सुरक्षाकर्मीलाले बाहिर जान आग्रह गरेका थिए । तर राष्ट्रपतिले भने आम नागरिकहरलाई भेट्नेक्रम जारी राखेका थिए । उनले ती युवकको थप्पडले कुनै फरक नपर्ने प्रतिकृया दिएको समाचार माध्यमहरुले बताएका छन् । ती युवकले राष्ट्रपतिमाथि थप्पड हान्ने प्रयास गर्नुको कारण खुलेको छैन ।
भिडियो
#Macron se fait gifler en direct de #Tain pic.twitter.com/tsXdByo22U
— Alex ⚜️ (@AlexpLille) June 8, 2021