इलाम । जङ्गली च्याउ खाएर बिरामी परेका इलामका दुईजनाको ज्यान गएको छ ।
गत २२ गते च्याउ खाएर बिरामी परेका ४ जनामध्ये सन्दकपुर गाँउपालिका-१ खोलाघारीका ५० बर्षीय टिकाबहादुर राई र सोही स्थानका ५२ बर्षीय जितबहादुर राईको उपचारकै क्रममा झापाको बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
च्याउ खादा इलाम नगरपालिका ३ पुवामझुवाका ३५ बर्षीय बिरमान राई र उनकी श्रीमती ३२ बर्षीया बिष्णुकुमारी राई समेत बिरामी भई बिएण्डसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।