पाँचथर– पर्यटकिय गन्तव्यहरुको प्रचारप्रसार गर्ने, नयाँ गन्तव्यलाई प्रवद्र्धन गर्ने तथा स्थानीयसँग अन्तक्र्रिया गर्ने गरि पूर्वका पर्यटन व्यवसायि र पर्यटनसँग सम्बद्धहरुले झापादेखि ताप्लेजुङसम्मको पर्यटकिय गन्तव्य घुमेका छन् ।
एकैपल्ट तीन दर्जन पर्यटनकर्मीले एकसाता घुमेर पर्यटनको विकासका लागि विभिन्न क्षेत्रमा छलफल गरेका छन् । झापाबाट इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न क्षेत्रको भ्रमण गरेका छन् ।
अवलोकन भ्रमणका साथै पर्यटनको सम्भावना तथा अवसरका बारे छलफल समेत भएको थियो । नेपालको सबैभन्दा होचो भाग झापाको केचनबाट पूर्वका पर्यटनकर्मीहरुले अर्जुनधारा, बहुनडागी, इलामको कन्याम, अन्तु, गुफापातल, माईपोखरी, पानीटार, पाँचथरका लोहाकील, सुकेपोखरी, सिलौटी, लोब्रेकुटि, फिदिम, जोरपोखरी हुदैँ नेपाल भारतको सिमानमा रहेको मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु चिवाभञ्याङ पुगेका थिए ।
ताप्लेजुङको सुकेटार हुदै प्रसिद्ध पाथिभरा देविसम्म टोलि पुगेको थियो । टोलीले ठाँउ ठाँउमा अन्तरक्रिर्या कार्यक्रम गरेको थियो । होटल व्यवसायी, ट्राभरल व्यवसायी? होमस्टे सञ्चालक सहितको टोली रहेको थियो ।
‘पूर्वको पर्यटनलाई जुरुक्क उठाउनका लागि सहयोग पुग्ने देखिन्छ । अनेकन सम्भावनालाई व्यवस्थीत रुपमा पर्यटन विकासका लागि सहयोगी हुने अपेक्षा राखिएको छ’ नेपाल पर्यटन बोडका कार्यकारी सदस्य कृष्ण शाहाले भने ‘सस्कृति, धर्म, बसोबास, रहनसहनका हिसाबले यि जिल्ला जोडिएका छैन् । केहि समयको यात्रामानै फरक फरक भुगोल र हावापानीको अनुभुक्ति गर्न पाईन्छ ।’
प्राकृतिक सम्पदा, सास्कृतिक महत्व, धार्मिक विश्वासलाई एकआसपमा जोडेर यो यात्राले प्याकेज निर्माण गर्न सजिलो हुने अपेक्षा राखिएको छ । कञ्चनजंघा केचना पर्यटन विकास समितिको आयोजनामा एकसातामा लामो भ्रमण थियो ।
विभिन्न ठाँउका स्थानीय तहका जनप्रनिधि र स्थानीयबासिसँग छलफल गरीएको समितिका कार्यकारी निर्देशक केशव धौरालीले जानकारी दिए । पर्यटकलाई गन्तव्यहरुमा सजिलोसँग पु¥याउनुका साथै त्यहाँका विशेषताका बारे अधिक जानकारी दिन सजिलो हुने अपेक्षा राखिएको उनले बताए ।
नेपालकै होचो भुभाव केचना र ससारकै तेश्रो अग्लो हिमाल कञ्चनजंघा रहेको यो क्षेत्रका अनेकन पर्यटकिय सम्भावना भएका क्षेत्रको अध्ययन, समस्याको पहिचान र पर्यटन प्रवद्र्धन गर्नका लागि महत्पूर्ण भएको होटल व्यवसायी महासंघ झापाकी अध्यक्ष इन्दीरा श्रेष्ठले बताईन ।