पाँचथर– पूर्व खेलाडीहरुलाई वितेका दिनको सम्झना तथा पुनरमिलन गराउने गरी पाँचथरको फाल्गुनन्द–१ नवमिडाँडामा भेन्ट्रान्स कप फुटवल प्रतियोगिता हुने भएको छ ।
शुक्रबार र शनिवार (भोली र पर्सि) फिदिम भेन्ट्रान्स पाँचथरले प्रतियोगिताको आयोजना गर्दै छ । प्रतियोगितामा आठ टिमको सहभागिता रहेने आयोजकले जानकारी दिएको छ । फिदिम, रानीटार, मिक्लाजुङ, फाल्गुनन्द, आठराई, इलाम, सुम्हात्लुङ र कुम्मायक भेट्रान्सले प्रतिस्पर्धा गर्दै छन् ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा भरपूर्ण मनोरञ्जन मिल्ने अपेक्षा आयोजकको रहेको छ । ५ लाख रुपैँया खर्च लाग्ने अनुमान आयोजकको रहेको छ ।