काठमाडौं । मनसुन सक्रिय हुँदा देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढेको छ ।
इलामको माईखोलाको जलसतह सतर्कता तह पार भएको छ । उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
काठमाडौं । मनसुन सक्रिय हुँदा देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढेको छ ।
इलामको माईखोलाको जलसतह सतर्कता तह पार भएको छ । उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
“असार ९ बिहान ०७ः२५ बजे । इलाम जिल्लास्थित माईखोला, चिसापानी जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहनेहरूले उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।
उता, रुपन्देहीमा भारी वर्षा भएको छ । थप वर्षा हुने सम्भावना छ । “असार ९ बिहान ६ः३० बजे । पछिल्लो एक घण्टामा रुपन्देही जिल्लास्थित लुम्बिनी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ र थप वर्षा हुने सम्भावना रहेकोले रुपन्देही जिल्ला भई बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले सतर्कता अपनाईराखौँ,” विभागको सूचनामा भनिएको छ ।
बारामा पनि भारी वर्षा भएको छ । “असार ९ गते बिहान ६ बजे । पछिल्लो एक घण्टामा बारा जिल्लास्थित रजुवा वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने भएकोले सो क्षेत्र भई बहने लालबकैया खोलालगायत अन्य स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा रहनुहुनेहरूले सतर्कता अपनाईराखौँ,” सूचनामा उल्लेख छ ।
अर्घाखाँचीमा मध्यम वर्षा भएको छ । “असार ९ गते बिहान ५ः३० बजे । पछिल्लो ६ घण्टामा अर्घाखाँची जिल्लास्थित राङसिङ वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको र थप वर्षा हुने भएकोले सो क्षेत्र भई बहने राङसिङ खोलालगायत अन्य साना खोलामा आकस्मिक बहाव आउन सक्ने रहेकोले उच्च सतर्कता अपनाऔँ” विभागको सूचनामा उल्लेख छ ।
कपिलवस्तुमा पनि मध्यम वर्षा मापन गरिएको छ । “असार ९ गते बिहान ५ बजे । पछिल्लो तीन घण्टामा कपिलवस्तु जिल्लास्थित भगवानपुर वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको र थप वर्षा हुने भएकोले सो क्षेत्र भई बहने सुरई खोलालगायत अन्य साना खोलामा आकस्मिक बहाव आउन सक्ने रहेकोले उच्च सतर्कता अपनाऔँ,” सूचनामा भनिएको छ ।