पाँचथर । फिदिममा बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ । फिदिम–६ शिवामा शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु फेला परेका स्थानबाट १०० मिटर वरपर खाली गरिएको प्रहरीले जनाएको छ ।
उक्त वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल खटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
साङकेतीक फाेटाे एआई बाट बनाइएकाे हाे ।