पञ्चमी । फाल्गुनन्द गाउँपालिकाका व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको छ । कर शिक्षाबारे जानकारी नहुँदा विभिन्न व्यवसाय गर्नेहरुलाई समस्या झेल्नुपर्ने बाध्यता छ ।
फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा र सामाजिक शौक्षीक तथा पर्यावरणिय विकास नेपालको आयोजना र करदाता सेवा कार्यालय फिदिमको समन्वयमा फाल्गुनन्द गाउँपालिकको राँके बजार र घुरबिसे पञ्चमीका व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको हो । उनीहरुलाई करको दायरा, नीति, छुटको व्यवस्था व्यवसाय कर लगायतका बारेमा जानकारी गराइएको थियो ।व्यवसायीलाई करदातन सेवा कार्यालय फिदिमका कर अधिकृत बन्द्रि प्रसाद भेटवालले व्यवसायीहरुले हिसाबकिताब कसरी राख्ने, दर्ता बिना व्यवसाय सञ्चालन गर्दा हुने कारबाही, मिसम्याचको समस्या, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या करसम्बन्धी विषयमा जानकारी गराए । व्यवसायीहरुले पनि करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुले व्यवसाय दर्ता र कर तिर्दा पर्ने समस्या उठाएका थिए ।
व्यवसायीलाई करसम्बन्धी उचित ज्ञान नहुँदा धेरै समस्या पर्ने भएकाले कर शिक्षाले त्यसको समाधान गर्ने सामाजिक शौक्षीक तथा पर्यावरणिय विकास नेपालका सचिब भिम कार्किले बताए । उनले व्यवसायीले कर तिर्नुसँगै आफनो व्यवसाय गर्दा आवश्यक पर्ने कागजपत्रमा स्पष्ट देखिने गरी राख्नुपर्नेमा जोड दिए ।