पाँचथर । तरुण भेट्रान्स कपको उपाधी बाैद्ध भेट्रान्स रानिटारले जितेको छ । शनिबार फिदिम ८ तमाखेमा सम्पन्न भएको तरुण भेट्रान्स कपमा फिदिम भेट्रान्सलाई ५–० को फराकिलो जित निकाल्दै बाैद्धभेट्रान्सले उपाधि जितेको हो ।
नेपाल तरुण दल फिदिम ८ नम्बर वडा कार्य समितिको आयोजनामा भएको एक दिने तरुण भेट्रान्स कपमा पाँचथरका ४ भेट्रान्स क्लबहरुको सहभागिता रहेको थियो ।
फिदिम भेट्रान्सले फाल्गुनन्द भेट्रान्स र बाैद्धभेट्रान्सले मिक्लाजुङ भेट्रान्सलाइ हराउदै फाइनलमा स्थान बनाएका थिए ।
उपाधि जितेको बाैद्ध भेट्रान्सले नगद १५ हजार प्राप्त गर्यो । उपबिजेता बनेको फिदिम भेट्रान्सले नगद १० हजार प्राप्त गर्यो । बिजेता/उपबिजेता टोलीलाई नेपाली काँग्रेस पाँचथरका निर्वतमान सभापती नरेन्द्रकुमार केरुङ, तरुण दल पाँचथरका अध्यक्ष सुमन लामा, नेपाली काँग्रेस पाँचथरका जिल्ला सदस्य विजयहाङ आङदेम्बे लगायतले पुरस्कार बितरण गरेका थिए ।
तरुण युवाहरुको सम्रग विकास गर्न र खेलकुदको माध्यमबाट युवाहरुलाई एकताबद्ध बनाइ युवाहरु प्रति बढेको फुटबलको मोहलाई ध्यानमा राखेर नै तरुण दलले प्रतियोगिता आयोजना गरेको तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले बताए ।
तरुण भेट्रान्स कपको उपाधी बाैद्ध भेट्रान्सलाई
तरुण भेट्रान्स कपको उपाधी बाैद्ध भेट्रान्सलाई

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस