दिपक बाेहाेरा ।
पाँचथरका उच्च पहाडी क्षेत्रको वन ,बाताबरण जोगाउदै सिमा क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा चिनाउने उद्देश्यका साथ अघिल्ला वर्षहरुबाट लाग्दै आएको चौरी महोत्सब यस वर्ष पनि निरन्तरता पाउने भएको छ । २०७४ सालबाट सूरु भएको चौरी महोत्सव यस सिजन छैठौं वर्षमा प्रबेश गरेको छ । चौरी महोत्सवलाई फालेलुङ गाउँपालिकाले प्रर्बदन र संरक्षण गर्दै आएको छ । पालिकाकै आर्थिक सहयोगमा चौरी महोत्सवले निरन्तरता पाउदै आएको छ ।
छैठौं चौरी महोत्सव २०७९ चैत्र ३० गतेबाट २०८० बैशाख २ गते सम्म आयोजना हुने आयोजकहरुले पत्रकार सम्मेलन मार्फत जानकरी दिएका छन् । परम्परागत चौरी पालन हराउदै गएकोमा फालेलुङ गाँउपालीका अन्तर्गतका सिदीन ,प्राङबुङ ,मेमेङका चौरी पालक कृषकको अगुवाइमा चौरी महोत्सब हुँदै आएको छ ।
फालेलुङ -४ स्थित चाररातेमा ३ दिने महोत्सव गर्ने तयारी गरिएको महोत्सव आयोजक फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवर्द्धन संस्था र दीपज्योती युवा क्लबले सदरमुकाम फिदिममा पत्रकार सम्मेलनमा जानकारी दिएको हो । ३ हजार ५ सय ६० मिटरको उचाइमा रहेको नेपाल, भारतको वेष्ट बंगाल र सिक्किमको सिमानामा रहेको चाररातेमा नयाँ वर्षको अवसर पारेर गते महोत्सव गर्न लागिएको हो ।
महोत्सव ३० गतेबाट सुरु भए पनि बैशाख १ गते बिशेष रहने आयोजकले जानकारी दिए । फालोट क्षेत्र उच्च हिमाली क्षेत्र हो । नेपाल भारत सिमानमा पर्ने उक्त क्षेत्रमा चौरी महोत्सब आयोजना हुन लागेकोहो । महोत्सवमा नेपाल , भारत र भुटानबाट महोत्सवको अबलोकन गर्न पर्यटकहरु आउने गरेका छन् ।
महोत्सबमा पाँच सयभन्दा बढी चौरीहरु एकैसाथ प्रदर्शन गर्ने तयारी छ ।यस क्षेत्रमा २१ वटा चौरी गोठहरु छन् । चरण क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौरी गोठहरु घट्दै गएका छन् । गोठमा चौरी घट्ने क्रमसँगै चौरी संस्कृति हाराएकाले संस्कृति संरक्षणका लागि महोत्सवको तयारी गरिएको दिपज्योति युवा क्ल्बका निर्देशक सुनिल वान्तवाले जानकारी दिए । महोत्सवबाट सिमाक्षेत्रको पर्यटनको सम्भावनालाई माथि उठाउने लक्ष्य राखिएको छ । वस्तीविहीन जंगली क्षेत्रमा आयोजना गरिने चौरी माहोत्सवमा आन्तरिक र बाह्य पर्यटकलाई सहभागी गराउने आयोजकको तयारी छ ।
चौरी महोत्सबमा बिभिन्न प्रजातीका करीब ५०० चौरी प्रर्दशन गरीने चौरी महोत्सब आयोजक समितिले जनाएको छ । महोत्सबमा याक राइड, हर्स रेस ,चैरीजन्य परम्परागत क्रियाकलाप ,चौरीका दुग्धजन्य पदार्थको बेचबिखन तथा चौरी गोठालाहरु बिचको बिभिन्न प्रतिस्पर्धात्म खेलहरुकोको अबलोकन गर्न सकिने आयोजकले जानकारी दिएका छन् । उच्च पहाडी क्षेत्रमा यस पटक सहासिक फुटबल प्रतियोगिता समेत हुने आयोजकले जानकारी दिए । बैशाख १ लाइ राष्ट्रिय चौरी दिबसको रुपमा क्यालेन्डमा अटाउने उद्देश रहेको हुँदा प्रत्येक बैशाख १ गते महोत्सब आयोजना गरीने आयोजकले बताएका छन ।
मानब बस्ती नरहेको ठाउमा महोत्सब आयोजना गर्नु पर्दा बिभीन्न समस्याहरु आएको आयोजकहरु बताउछन् । महोत्सव अबलोकन गर्न जाने पर्यटकहरुले खान, बस्नको लागी आयेजक सँग अग्रीम बुकिक गर्नु पर्न आयोजकले बताएका छन् । महोत्सबलाइ सफल बनाउन बिभिन्न उपसमिति हरु बनाएर महोत्सबको तयारी गरीरहेको आयोजकले जानकारी दिएका छन्