यासोक । चौथो संस्करणको कुम्मायक गोल्डकपकको उपाधि याङवरक गाउँपालिकाले जितेको छ । बुधबार यासोकमा भएको फाइनल खेलमा फाल्गुनन्द गाउँपालिकालाई ३–१ गोल हराउदै याङवरकले उपाधि जितेको हो ।
याङवरको जितमा सुमन योङया र पुस्कर काम्बाङले गोल गरे । योङयाले २ र काम्बाङ १ गोल गरे । खेल सुरु भएको छौटौ मिनेटमा सुमनले थ्रोइनबाट सिधै गोल गर्दै याङवरक लाई अग्रता दिलाएका थिए । खेलको ३३ मिनेटमा फाल्गुनन्दका बिनोद नेम्बाङले गोल फर्काउदै खेल बराबरी गरेका थिए ।
फाल्गुनन्दको बराबरी लामो समय टिकेन् । ३८ मिनेटमा याङवरबका पुस्कर काम्बाङले गोल गर्दै याङवरलाई पुःन अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा सुमन योङयाले व्यक्तीगत दोश्रो गोल तथा टिमको लागी तेस्रो गोल गर्दै याङवरकलाई बिजयी बनाए ।
पाएका अवसरमा पटक पटक गुमाउदा फाल्गुनन्द पराजित बन्न पुग्यो । ७१ मिनेटमा फाल्गुनन्दका बिनोद नेम्बाङ वान भर्सेन वानको स्थितीमा गोल गर्न चुके ।फाइनल खेलमा म्यानअफ दि म्याच याङवरकका पुस्कर काम्बाङ घोषित भए । उनले नगद ५ हजार पुरस्कार जिते ।
उपाधि जितेको याङवरक गाउँपालिकाले १ लाख ११ हजार प्राप्त ग¥यो । उपबिजेता बनेको फाल्गुनन्दले ५५ हजार प्राप्त ग¥यो ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता फाल्गुनन्दका बिनोद नेम्बाङ बने । नेम्बाङले सर्वाधिक ४ गोल गरे । उनले ५ हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी याङवरका जमिन लिम्बु बने । उत्कृष्ट गोल किपर याङवरका रबिन बेघा,उत्कृष्ट रक्षक फाल्गुनन्दका विदेश आङदेम्बे,उत्कृष्ट मिडफिल्डर फाल्गुनन्दका ऋतिक आङदेम्बे, उत्कृष्ट फर्वाड याङवरका सुमन योङया,उत्कृष्ट प्रशिक्षक याङवरकका तुफान क्षेत्री बने । उत्कृष्ट सबैले समान नगद ५ हजार प्राप्त गरे ।
प्रतियोगितामा कुम्मायकका शुशिल लावती उदयमानी खेलाडी घोषित हुँदै नगद ५ हजार प्राप्त गरे ।