पाँचथर। ३ हजार ६७ मतको फराकिलो अन्तरले विजयी हुदैँ नेकपा (माओवादी) केन्द्रका पोलिटब्यूरो सदस्य इन्द्र बहादुर आङ्बो दोश्रो पल्ट १ नम्बर प्रदेशको प्रदेश सांसदको रुपमा विजयी भएका छन् । उनी अब मुख्यमन्त्रीको दाबेदार भएको चर्चा गरीन्छ ।
झण्डै ४ बर्ष १ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बनेका आङ्बोको अबयात्रा मुख्यमन्त्री तर्फ रहेको चर्चा गरिन्छ । उनी १ नम्बर प्रदेशका माओवादीको संसदिय दलको नेता समेत रहेका थिए । अन्यकुरा यथावत रहे सतारुढ गठबन्धनले नै सं सरकार बनाउने छ । यसका लागि गठबन्धनले १ नम्बर प्रदशेमा बहुमत प्राप्त गर्नुका साथै १ नम्बर प्रदेशमा मुख्यमन्त्री माओवादीको भागमा पर्नु पर्ने छ ।
पाँचथर प्रदेश सभा २ बाट ४० बर्षकै उमेरमा दोश्रो पल्ट प्रदेश सासद निर्वाचित हुने भाग्यमानी हुन् आङ्बो ।२०७४ सालमा प्रदेश सासद निर्वाचित भए लगत्तै आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए । मन्त्री भएपछि जिल्ला धेरै योजना भित्र्याएका थिए ।
उनले नेकपा (एमाले) का केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्बाङलाई पराजित गरेका छन् । २०७४ सालमा तत्कालीन बामगठबन्धबाट विजयी हुँदा नेपाली कांग्रेसका सुरेन्द्र दाहाललाई ४ हजार ७ सय ९१ मतको अन्तरले विजयी हुँदै पहिलो पल्ट सांसद बनेकाथिए । सांसद बने लगत्तै आर्थिक मामिला तथा योजना मन्त्री बनेको आङ्बो १ नम्बर प्रदेशमा चर्चितबन्दै गए ।
जनमुक्ति सेनाको कमाण्डर हुँदै मन्त्रीसम्म बनेका आङ्बो अब मुख्यमन्त्रीमा दाबेदार हुन् । निर्वाचन क्षेत्र न. १ को फिदिम नगरपालिकको नागिनमा उनको जन्म भएको थियो । भुमिगतकालदेखिनै उनी माओवादी पार्टीमा लागेका थिए । २०५६ सालमा देखि विद्यार्थी राजनीति गरेका आङ्बो २०५७ सालमा अखिल क्रान्तिकारीको जिल्ला सचिव भए । २०५९ सालमा पार्टीको पाँचथर जिल्ला सचिव भए । त्यतिवेला सचिव जिल्लाको प्रमुख हुने प्रणाली थियो ।
२०६० सालमा जनमुक्ति सेनाको वटालियन कमाण्डर बने । २०६२/०६३ सालमा बिग्रेट कमाण्डार भएका उनी २०६२ सालमा वाईसिएलको संस्थापक केन्द्रीय सचिवालय सदस्य भए । २०६५ सलामा पार्टीको लिम्ुबवान राज्य समितिको सह सचिव भएका थिए । २०६७ सालमा पार्टीको केन्द्रीय सदस्य भएका थिए । पछिल्लो समय उनी माओवादीकोपोलिट ब्यूरो सदस्य रहेका छन् ।