पाँचथर । मतदाता शिक्षाको अभाव खसेको मतपत्रलेपनि पुष्टि गरिरहेको छ । पाँचथरमा एउटै मतपत्रमा चारवटा छाप लगाएका भेटिएका छन् । चार ठाँउमा मतदान गर्नु पर्छ भन्ने सुनेका मतदाताले एउटै मतपत्रमा चारवटा छाप लगाएको विश्लेषण हुन् थालेको छ ।
प्रतिनिधि सभा तर्फ चारठाँउ छाप लगाएर बदर भएका मतपत्र धेरै छन् । सुरुमै प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्र पाउने भएकाले मतदाताले सुरुकै मतपत्रमा चारवटा छाप लगाएको अनुमान गरिदै छ ।
मतदाता शिक्षा प्रभावकारी हुन् नसक्दा मत बदर हुने संख्या ठुलो बन्दै गएको छ ।मतपत्र बदर हुने संख्या बढ्दो छ । एकभन्दा बढि चिन्हमा छाप लगाएको मतपत्र धेरै रहेका छन् । प्रतिनिधिसभा तर्फ ६ हजार ३ सय ३ मतगणना गर्दा ३ सय २१ मत बदर भएको छ ।
यस्तै प्रदेश सभा १ मा ६ हजार ९ सय १९ मत गणना हुँदा २ सय २ मत बदर भएको छ । यस्त,ै प्रदेश २ तर्फ ७ हजार ३ सय ८३ मतगणना हुँद २ सय ६० मत बदर भएको छ ।पाँचथरमा ७५ हजार ३ सय ५२ मत खसेको थियो ।