फिदिम ।दाङमा ८४ वर्षीय बृद्ध बलात्कार आरोपमा पक्राउ परेका छन् । देउखुरी जिल्ला अदालतबाट जबरजस्ती करणीमा सजाय सुनाइएका फरार ८४ वर्षीय बृद्ध पक्राउ परेका हुन् । पक्राउ पर्नेमा घोराही– ४ भकारे निवासी ८४ बर्षीय रामु केसी रहेका छन् ।गत वर्ष मंसिर २६ गते अदालतबाट जबरजस्ती करणी कसुर मुद्दामा उनलाई ७ वर्ष ५ महिना ८ दिन कैद सजाय र २ लाख २५ हजार जरिवाना फैसला सुनाइएको थियो । बिहीबार पक्राउ परेका उनलाई शुक्रवार अदालतमा पेश गरि जेल चलान गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताएका छन् ।