पाँचथर । पाँचथरमा सकृय कोरोना संक्रमितहरुको संख्या ९६८ पुगेको छ । निशेधाज्ञाको चौथो साता आई पुग्दा पनि पाँचथरमा कोरोना संक्रमणको चेन ब्रेक हुन सकेको छैन् । जेठ १७ गते मध्यरात बाट पाँचथरमा पुर्ण निशेधाज्ञा जारी छ, याे २४ गते सम्म रहने छ । पाँचथरमा सकृय कोरोना संक्रमितहरुको संख्या ९६८ पुग्दा ३६६ जना निको भए घर फर्किएका छन् ।
पाँचथरमा अहिले सम्म २७७६ जनामा पिसिआर र एन्टेजेन माध्यमबाट गरिएको परिक्षणमा ९६० जनामा कोरोना पुष्टी भएको हो । पाँचथरमा हालस पाँच सय ८९ जना होम आइसोलेसनमा रहेकोका छन् । १३ जनालाई उपचारका लागी जिल्ला बाहिर रेफर गरीएको छ । दश जना एचडियुमा उपचार गराइ रहेका जिल्ला प्रशासन कार्यालय पाँचथरले बताएको छ । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ रहेको छ ।
(यो तथ्याङ हिजो बिहिबार बेलुका सम्मको हो )
हेर्नुस पाँचथरका स्थानिय तहमा रहेका सकृय संक्रमित सख्या
फिदिम नगरपालिका ः ५६९ जना
फालेलुङ गाउँपालिका ः ११ जना
फाल्गुनन्द गाउँपालिका ः२२ जना
हिलिहाङ गाउँपालिका ः १६५ जना
कुम्मायक गाउँपलिका ः ४९ जना
मिक्लाजुङ गाउँपालिका ः ६३ जना
तुम्बेबा गाउँपालिका ः ५१ जना
याङबरक गाउँपालिका ः ३८ जना
जम्मा ः ९६८ जना

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस