झापा । झापामा एक वर्षमा ३ सय १४ जनाले आत्महत्या गरेका छन् । एक वर्षको अवधिमा १६९५ वटा आपराधिक मुद्धा प्रहरीमा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा त्यति मुद्धा दर्ता भएका हुन् ।
त्यसमा सबैभन्दा बढी आत्महत्या रहेको छ । त्यस्तै कर्तव्य ज्यान १६, ज्यान मार्ने उद्योग २७, जबरजस्ती करणी ९७, जबरजस्ती करणी उद्योग २५, लागूऔषध २००, हातहतियार तथा खरखजनाकाे ४ वटा मुद्धा रहेकाे जनाइएकाे छ ।
यस्तै, अभद्र व्यवहार २५७, बहुविवाह ३६, ठगी २४, मानव बेचबिखन ५ र अन्य ५८५ वटा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । ती घटनामा संलग्न १२७४ जना पक्राउ परेका छन् भने ३२४ जना फरार रहेका छन् ।