बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज झापा आउदैछन् । भोली हुने जिल्ला भेलालाई सम्बोधन गर्न लामिछाने आज अपरान्ह झापा आउने भएका हुन् ।
पूर्व सञ्चारकर्मी समेत रहेका लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि पार्टीको सदस्य विस्तारका लागि लामिछाने देशदोडाहमा निस्किएका छन् । उनले पहिलो जिल्ला भेला गत असार २५ गते चितवनबाट सुरु गरेका थिए । त्यसपछि एकैचरणमा प्रदेश १ का ३ जिल्लाबाट भेला सुरु गर्न लागेका हुन् । भोली बिर्तामोडको अग्रसेन भवनमा हुने जिल्ला भेलामा सहभागी हुन पार्टी अध्यक्ष लामिछानेसहित प्रवक्ता डा. मुकुल ढकाल, केन्द्रिय सदस्यहरु दिपक बोहोरा, डिपी अर्याललगायत झापा आउने भएका छन् । चितवनपछि राम्रो समर्थक र शुभेच्छुक रहेको जिल्ला झापाबाट जिल्ला भेलालाई निरन्तरता दिइएको पार्टीका केन्द्रिय सदस्य दीपक बोहोराले जानकारी दिए । भेलाले तदर्थ समिती समेत गठन गर्ने जनाइएको छ ।
पार्टीको कार्यक्रम तालिका अनुसार जिल्ला भेला झापासहित प्रदेश १ को तीन जिल्लामा हुदैछ । शुक्रबार सुनसरीको धरान र शनिबार मोरङको विराटनगरमा भेला राखिएको छ ।