काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका भान्जा दिवस विक्रम शाह सरकारी जग्गा हिनामिनामा मुछिएका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका ८ स्थित पिडारी चोकस्थित ८ बिगाहभन्दा बढी सरकारी तथा सार्वजनिक जग्ग शाहले आफ्नो नाममा पारेको पाइएको छ । उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि ७ दिन भित्र बयान दिनका लागि अख्तियारले सुचना प्रकाशन गरेको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहका बाहिनी ज्वाइँ कुमार खड्ग विक्रम शाहका छोरा रहेका दिवसमाथि यस्तो आरोप लागेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ३ जनालाई बयानका लागि बोलाएको छ ।
नेपाल पर्वतरोहण संघको पूर्व उपाध्यक्ष समेत रहेका उनले सरकारी जग्गा किर्ते गरि घोटाला गरेको आरोप छ । अख्तियारले २७ जना जग्गा किनबेचमा समलग्न व्यकितसहित ३ जना कर्मचारीलाई पनि बयानका लागि बोलाएको छ । आयोगका अनुसार तत्कालिन मालपोत अधिकृत शशी नारायण लाल दास, नापी टोली प्रमुख चौमानसिंह थापा र निरिक्षक सिताराम साहलाई पनि मुद्दा दायर गरेको छ ।