सरला रेग्मी ,
फिदिम । सुसाएको तमोरले मीठो गित गुनगुनाए जस्तो लाग्छ । तमोरले कयौ माझीबस्तिको परिवार आफ्नो काखमा समेटेको छ । पाँचथर र तेह्रथुमको सिमाना बनाएर बगेको तमोरको सुन्दरता आफैमा मन्त्रमुग्द छ । वरिपरि हरिया डाँडा छेउमा देखिएको पुरानै शैलिका माझी बस्तिले यो स्थल रोमान्चित देखिन्छ । सुन्दर दृश्य अनि माछाको स्वाद लिन साझमा प्रशस्त आगन्तुक पुग्ने गर्छन् ।
तमोरको फेदिमा बसेर रमिता हेर्न र माछा खान फुर्सद निकालेर आगन्तुकहरू जाने गर्छ्न । फिदिम आएका पाहुनालाई घुमाउन फिदिमबाट माझिटार पुग्ने प्रशस्त भेटिन्छन् । असारको शुरुवातमा हिउदे धान काट्न धमाधम देखिन्छ । जमरा लागेका मकै प्रशस्त छन् । पानी परेर रहेको दृश्य साच्चै रोमान्चित देखिन्छ । असारमा यौवन अवस्थाको जस्तो बस्ती छुदै बगेकी तमोर नदिको दृष्यमा रमाउन फिदिमबाट १३ किलोमिटरको यात्रा गरी माझिटार पुग्न सकिन्छ ।
टिनले छाएका स–साना घामका किरण र पानीमा बाछिटा पस्ने माझिबस्ति । जाल बुन्दै बसेका माझी अनि आगन्तुक पर्खिएका माझिबस्तिका साना होटल । सरसर हावाको तालमा तमोर नदिको वेगले धुन छरे जस्तै लाग्ने ।
यो ठाउँ पाँचथरको सदरमुकाम फिदिमबाट नजिकै भएपनि आधुनिक प्रचलन र स्थानिय सरकारको सुबिधा थोरैमात्र पुगेको छ। सुनसरिको चतरा देखि मुलघाट हुँदै तमोर नदिको किनारै किनारा माझिटार हुँदै ताप्लेजुङबाट चिनको सिमा तिप्तला र पाँचथरको च्याङ्थापु हुँदै भारतको सिमा पुग्न सकिन्छ । तमोर करिडोर कालोपत्रेको लागि बजेट व्यवस्थापन भैसकेको खबरले माझिहरु र माझिटारमा व्यवसाय गर्ने खुशी देखिन्छन् । माझिबस्तिका यी घरहरूमा पाकेका माछाको स्वाद लिनका लागि यहाँ पुग्नेको संख्या उल्लेखनीय हुन्छ। जीवनशैली उत्तीकै पुरानो। शुक्रवार र शनिबार घरहरू खचाखच भरिएका हुन्छ। तमोरमा पाइने विभिन्न जातका माछाको स्वाद लिन यहाँ बाक्लो गरी आहिपुग्ने गर्छन्।
पाँचथर, तेह्रथुमको तिरै तिर बग्दै धनकुटा उदयपुर र भोजपुरको सिमा त्रिबेणिमा पुगेर तमिर नदि सप्तकोशिमा गएर मिसिन्छ । माझिहरु व्यथा बोकेर बग्ने तमोर नदिको धार्मिक बिशेषता पनि आफ्नै रहेको छ ।
हेरौ तस्बिरमा :