दिपक बाेहाेरा ।
पाँचथरमा नेकपा एमाले खुम्चिँदा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जित बढाएका छन् ।
पाँचथरको ८ वटा स्थानीय तहमध्ये सबै पालिकाहरुको अन्तिम मत परिणाम सार्वजनिक हुँदा कांग्रेस ५ गाउँपालिका र एक नगपालिका सहित ६ पालिका प्रमुख र १ पालिका उपाध्यक्ष जितेको छ ।
माओबदी र एमालेले एक/एक वटा पालिका जितेका छन् । गठबन्धनमा एक पालिका उपाध्यक्ष पाएको एकिकृत समाजबादीले जित हासिल गर्न सकेन । कांग्रेस ६ प्रमुख र एक पालिका उपाध्यक्षमा जित हासिल गर्दा माओबादीले १ प्रमुख र एक उपमेयर सहित ४ उपाध्यक्ष जितेको छ । एमालेले १ पालिका अध्यक्ष र २ उपाध्यक्ष जितेको छ ।
६० वटा वडा रहेको पाँचथरमा कांग्रेसले २३ , नेकपा एमाले ले १७ , नेकपा माओवादी केन्द्रले १२, राप्रपाले २, नेकपा एकीकृत समाजवादीले २ , जसपा १, र स्वतन्त्र उमेद्वारले ३ ठाउँमा जीत हात पारे । २०७४ सालको स्थानीय तहको चुनावमा एमालेले पाँचथरको ८ स्थानीय तहमध्ये ३ पालिका प्रमुख जितेको थियो । पछि ७६ मा भएको उपनिर्वाचनमा १ पालिका थप्दै ४वटा बनाएको थियो ।एमालेले याङवर,हिलिहाङ, कुम्मायक जितेको थियो । २०७६ सालमा भएको उपनिर्वाचनमा फाल्गुनन्द कांग्रेसबाट खोसेको थियो । ०७९ को चुनावको परिणाम आउँदै गर्दा एमाले यी ४ मध्ये याङवरक बाहेकका सबै पालिका गुमाएको छ ।
अहिले एमाले खुम्चिँदा कांग्रेस र माओवादी केन्द्रले दोब्बरले प्रतिफल पाएका छन् । २०७४ मा कांग्रेसले ४ पालिका प्रमुख – फिदिम नगरपालिका ,फालेलुङ गाउँपालिका, फाल्गुनन्द, तुम्बेवा गाउँपालिको जितेको थियो । तर, २०७६ मा भएको उपनिर्वाचनमा फाल्गुनन्द गाउँपलिका गुमाएको थियो । अहिले कांग्रेसले यि सबै पालिकामा जित हासिल गर्दै कुम्मायक र हिलिहाङ गाउँपालिका जितेर इतिहास रचेको छ ।
२०७४ मा एक जना मात्र पालिका अध्यक्ष जितेको नेकपा माओबादीले यस पटक १ पालिका प्रमुख सहित १ जना उपमेयर सहित ४ जना उपाध्यक्ष जितेको छ । मिक्लाजुङ गाउँपालिका मा प्रमुख जितेको माओबादीले फिदिम,फालेलुङ,कुम्मायक र तुम्बेवा गाँउपालिकामा उपाध्यक्ष जितेको छ ।
जिल्लामा यस पटककाे चुनाबमा स्वतन्त्र उम्मेद्धारहरुकाे पनि उत्साहपुर्ण जित रहयाे ।स्वतन्त्रबाट २०७४ मा एक जना वडाध्यक्षमात्र जितेका थिए । यस पटक ३ जना स्वतन्त्र उम्मेद्धारहरुले वडाध्यक्षमा जित हासिल गरे ।