गिरिराज बाँस्कोटा,
पाँचथर । मेची राजमार्गको पौवाभन्याङ देखि उकालो लागेपछी गुराँस भेटिन्छन । हेरिरहु लाग्ने गुराँस ले डाडालाइ छपक्क पारेको छ । थरिथरिका गुराँस फुलेर ढकमक्क देखिएको गुरास पाँचथरको सुकेपोखरिमा देख्न सकिन्छ ।
अनेक प्रजातिका गुराँस फुल्ने सुकेपोखरी यतिबेला बेहुली जस्तै बनेको छ । सुकेपोखरीका डाडामा मात्र होइन घर घरका आगनमा गुराँस फुलेका छन् । यस क्षेत्रमा एकैपल्ट अनेक प्रकारका गुराँस फुलेका छन् । मेची राज मार्गको नजिक पर्ने यो ठाउँमा गुराँसमा रमाउने आन्तरिक पर्यटका कारण व्यापार व्यावसाय फस्टाएको छ । ठुलो जङल नै गुराँस फुलेको छ । यहाँबाट छिन्तापुसम्म गुराँस फुलेको छ ।
पछिल्ला अध्ययन अनुसार नेपालमा ३३ प्रजातीका गुराँस पाईन्छ । ‘कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरु’ नामक अनुसन्धानमुल पुस्तकमा उक्त कुरा उल्लेख छ । प्रदेश १ का जिल्लाहरुमा ३१ प्रजातीका गुराँस पाईने अध्ययनले देखाएको छ । गुराँस फूल्न थालेपछि पहाड र हिमालका डाडाँहरु रङ्गीविरङ्गी बनेका छन् । फाल्गुनदेखि जेठसम्म बेसी गुराँस फूल्ने गरेको पाईन्छ । गुराँससँग जोडिएका अनेकन बिम्बहरु छन् ।
बन तथा वातारण मन्त्रालयको बन तथा भु–संरक्षण विभागले प्रकाशित गरेको ‘गुराँस संरक्षण कार्ययोजना २०७५–२०८०’ का अनुसार नेपालका पूर्वदेखि पश्चीमसम्म ४३ जिल्लामा विभिन्न प्रजातीका गुराँस फूल्ने उल्लेख गरीएको छ । नेपालमा गुराँसका प्रजाति पाइने मिश्रित वन सहित ६ लाख ९१ हजार ५ सय ९६ हेक्टर क्षेत्र रहेको वन अनुसन्धान तथा सर्वेक्षण २०७२ मा उल्लेख छ । राजमार्ग नजिकै रहेको सुकेपोखरी क्षेत्रमा ६ प्रकारका गुराँस पाइन्छ ।
मेची राजमार्ग देखि नजिक भएकाले प्राकृतिक प्रेमिहरुकोलागि उत्कृष्ट गन्तव्य बन्ने देखिन्छ । स्काइब्रेटर नकुदेका पहाडका डाडाहरु निक्कै आकर्षक देखिन्छ । सुकेपोखरी सडक स्थरउन्नति, संकेतबोर्ड, होमस्टेको बिकास, शौचालय जस्ता निर्माणका काम आवश्यक देखिन्छ।