पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा सम्पन्न भएको लिम्बू जातीहरुको छाता संस्था किराँत याक्थुङ चुम्लुङको ११ औँ राष्ट्रिय महाधिबेशनले प्रेम येक्तेनको अध्यक्षतामा ३४ सदस्यीय संघीय कार्यसमिति चयन गरेको छ । मंगलबार साँझमा नयाँ कार्य समिति चयन गर्दै चुम्लुङले ११ औँ राष्ट्रिय महाधिबेशन सम्पन्न गरेको हो ।
उक्त महाधिबेशनले २२ बुँदे प्रस्ताव समेत पारित गरेको छ । फिदिममा पत्रकार बुधबार पत्रकार सम्मेलन आयोजना गरेर चुम्लुङले उक्त २२ बुँदै प्रस्ताव जानकारी दिएको हो । ऐतिहासिक पृष्ठभूमिको आधारमा अरूण कोसीपूर्व मेचीसम्मको भूभाग लिम्बूवान नामाङ्कन हुनुपर्ने पूर्व अडान तथा निणर्य कायम राख्दै वर्तमान प्रदेश नं. १ को वस्तुस्थिति अनुसार तत्काल पहिचान जनित नाम लिम्बूवान किरात राख्न सरकार सँग माग राख्ने, लिम्बू एवम् याक्थुङ नामलाई समानार्थी शब्दको रूपमा प्रयोग गर्दै जाने लगायतका प्रस्तावहरु पारित भएका छन् ।
मातृभाषा शिक्षा शिक्षक दरबन्दी व्यवस्था गर्न माग गर्ने, भाषा आयोगले सरकारी कामकाजको भाषाका आधारहरूको निर्धारण तथा भाषासम्बन्धी सिफारिसहरू कार्यान्वयन गर्न माग गर्ने, प्रदेशगत सरकारी कामकाजको भाषा निर्धारणका आधारहरू पूरा गरेका लिम्बू र मैथिली भाषा सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गराउन पहल गर्ने, आदिवासी लिम्बूको लोक नाटक प्रवद्र्धनार्थ सबै पालिकाहरूमा नाट्यघर निर्माण गर्न माग गर्ने, प्रदेश १ मा स्थानीय तहदेखि प्रदेश सरकारी कार्यालयहरूका साइनबोर्डहरू किरात सिरिजङ्गा लिपि र लिम्बु भाषामा लेख्न लगाउने लगायत का प्रस्तावहरु पारित गर्दै चुम्लुङको ११ औं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।
हेर्नुहाेस चुम्लुङले २२ बुँदे प्रस्ताव