पाँचथर। । लिम्बू जातीहरुको छाता संस्था किराँत याक्थुङ चुम्लुङको ११ औँ राष्ट्रिय महाधिबेशनले प्रेम एकक्तेनलाई अध्यक्षमा चयन गरेको छ ।
पाँचथरको सदरमुकाम फिदिममा सम्पन्न भएको चुम्लुङको ११ औँ राष्ट्रिय महाधिबेशनले एकक्तेनको नेतृत्वमा ३४ सदस्यीय संघीय कार्यसमिति चयन गरेको छ । मंगलबार साँझमा नयाँ कार्य समिति चयन गर्दै चुम्लुङले ११ औँ राष्ट्रिय महाधिबेशन सम्पन्न गरेको हो ।
चुम्लुङको ११ औँ राष्ट्रिय महाधिबेशनबाट उपाध्यक्षमा कमल तिगेला, गोबिन्द आङ्बुङ, कमल फागो र चन्द्रकुमार आङ्देम्बे चयन भएका छन् । महासचिवमा निरन्ति तुम्बापोले निरन्तरता पाउँदा र उप महासचिवमा योगेन्द्र पालुङ्वा चयन भएका छन् ।
समितिको सचिवमा चक्र येक्तेन, दिलकुमारी लिम्बू, भवानी बिक्रम सम्बाहम्फे र भीमप्रसाद योङ्हाङ चयन भएका हुन् । कोषाध्यक्षमा अमर तुम्याहाङ चयन भएका हुन् । अन्य १० जना सदस्य मनोनयन गर्न बाँकी रहेको बताईको छ ।