पाँचथर– राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका झापा क्षेत्र–५ का उम्मेदवार बालेन्द्र (बालेन) साहा बुधवार साँझदेखि पूर्वी पहाडी जिल्लामा छन् ।
बुधवार साँझ इलाममा कार्यकर्ता भेटघाट गरेका उनी बिहान इलाममा पदयात्रा गरेर फिदिम आइपुगेका थिए ।
इलाम, पाँचथर हुँदै ताप्लेजुङमा रहेकी प्रसिद्ध पाथीभरा देवीको दर्शन गरेर फर्किने उनको कार्यक्रम रहेको छ ।
पहाडको भ्रमणमा निस्किएका बालेनलाई उलेख्य सङ्ख्यामा पाईरहेका छन् । पूर्वी पहाडमा पनि बालेनको क्रेज देखिएको छ । समर्थकले घेरिएका थिए भने घरघरबाट निस्किएर उनलाई हेरीरहेका देखिन्थे । फोटो, भिडियो बनाउनलाई मोबाइल बोकेर उभिएकाहरूको लाईन थियो ।
फिदिम आइपुग्नु अघिनै भिड थियो । खाना खाईन्जेल पर्खिएर सम्पर्क कार्यालय रहेको अस्पताल चोकसम्म समर्थकले नाराबाजी गर्दै लगेका थिए । फिदिममा खुल्ला मञ्चमा कार्यक्रम गर्ने तयारी भएपनि उनी त्यहाँ गएनन् ।
आजै ताप्लेजुङको माथिल्लो फेदी पुगेर भोलि बिहान पाथीभरा देवीको दर्शन गर्ने कार्यक्रम रहेको छ ।




