पाँचथर ।जिल्ला प्रहरी कार्यालय पाँचथरले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार फिदिम–१ बाट सौगात बस्नेतलाई ट्रमाडोल ५३ क्याप्सुलसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका बस्नेतमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।




