पाँचथर ।
एमाले महाधिवेशनका लागि केपी शर्मा ओलीको समूहले तयार पारेको सूचीमा कोशी प्रदेशका अइन्द्र सुन्दर नेम्वाङ आदिवासी जनजाति समूहबाट केन्द्रीय सदस्य पदका लागि समावेश भएका छन् ।
सुरुमा बाहिर आएको सूचीमा अइन्द्र सुन्दर नेम्वाङको स्थानमा श्रीप्रसाद जवेगुको नाम उल्लेख भएको थियो। पछि यो टाइपिङ त्रुटि भएको पुष्टि भएको छ।
अइन्द्र सुन्दर नेम्वाङका अनुसार श्रीप्रसाद जवेगुले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन्, बरु उनी अइन्द्र सुन्दर नेम्वाङका प्रस्तावक हुन्।
श्रीप्रसाद जवेगुले पनि आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी नदिएको र सूचीमा आफ्नो नाम देख्दा आश्चर्यचकित भएको प्रतिक्रिया दिएका छन् ।अइन्द्र सुन्दर नेम्वाङका प्रस्तावक श्रीप्रसाद जवेगु समर्थक बलबहादुर नेपाली रहेका छन ।




