पाँचथर- विश्वको तेश्रो र नेपालको दोश्रो अग्लो कञ्चनजङ्घा पदमार्ग क्षेत्रमा यो सिजनमा विदेशी पर्यटकको संख्या बढ्न थालेको छ ।
दुई वटा बेस क्याम्प भएको र हिमाली क्षेत्र सौन्दर्यता सहित जनजीवन देख्न मिल्ने यो क्षेत्रमा यो सिजनमा २ सय १६ जना विदेशी आईसकेको र बकिङपनि राम्रो रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रको घुन्सामा कार्यरत कर्मचारी टासि तेन्जीकले जानकारी दिए ।
विदेशी तथा आन्तरीक पर्यटकले पछिल्लो समयमा यो क्षेत्र घुम्नलाई रुचाउछन् । फक्ताङलुङ (कुम्भकर्ण) हिमालमा जाने धार्मिक पर्यटक पनि उलेख्य संख्यामा आउछन् । उत्तरी बेसक्याम्प पाङपेमा र दक्षिणी बेस क्याम्प ओक्ताङसम्म पर्यटक पुगेको देख्न पाईन्छ । सेलेले पास गरेर दुबै बेस क्याम्प पुग्न सकिन्छ ।
जेन जी आन्दोलनका कारण सिजनको सुरुवातमा केहि पर्यटक यहाँ नआई मनास्लुतिर गएपनि पछिल्लो दिनमा संख्या बढिरहेको यहाँका व्यवसायीले जानकारी दिए । परिषदको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा १ हजार २ सय ४६ जना विदेशीले यो क्षेत्र घुमेका थिए । असोजदेखि मंसिरसम्म यो क्षेत्रमा बढि पर्यटक आउँछन् ।
बेसक्याम्प क्षेत्रमा हिमाल, ताल, पोखरी हिमाली जनजीवन लगायका विभिन्न विशेषता रुचिकर रहेको छन् । ‘धेरै ठुलो संख्यामा पर्यटक आउन थालिनसकेकाले ठुलो चाप नभएपनि विदेशी तथा स्वदेशीको संख्या बढिरहेको छ’ पर्यटन व्यवसायि तेन्जीङ नुपुले भने ‘टेलिफोनको उपयुक्त प्रवन्ध सरकारले गर्नु पर्छ ।’
१६–१८ दिनका यो सक्र्रिट पुरा गर्न सकिन्छ । होटल, टि हाउस खुलेका छन् । पदमार्ग र सञ्चार सुविधामा सुधार हुनु पर्ने धेरैको भनाई पाईन्छ । ८ हजार ५ सय ८६ मिटर उचाईमा रहेको कञ्चनजङ्घा हिमाल र अन्य हिमाल यहाँ पर्छन् । ५ हजार १ सय ४२ मिटरको उचाईमा उत्तरी बेसक्याम्प र ४ हजार ७ सय ३० मिटरको उचाईमा दक्षिणी बेसक्याम्प रहेको छ ।
कञ्चनजंघा हिमालका साथमा अन्य हिमश्रृखला रहेका छन् । कञ्चजनजंघा मध्य, कञ्चनजंघा दक्षिण, फक्ताङलुङ, यलुङकाङ, काङबाचेन, किरात चुली, जोङसाङ, काब्रु, गिमीगेला, डोमा, पाथीभारा जस्ता हिमालहरु रहेका छन् । बाटोमा याक चौरी, ब्लुसिप देख्न पाईन्छ ।
कञ्चनजंघा हिमाल पहिलो पल्ट १९५५ मे २५ मा पहिलो पल्ट आरोहण भएको पाईन्छ । जाँज बैड र जो ब्राउनले पहिलो यो हिमाल चढेका थिए ।
जाने होइन त कञ्चनजङ्घा बेस क्याम्प ?
जाने होइन त कञ्चनजङ्घा बेस क्याम्प ?

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस