झापा । बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित सीमा आचार्यको घरको बरन्डामा एक नवजात शिशु अलपत्र अवस्थामा फेला परेकी छन्। अनुमानित ४–५ दिनको उमेरकी शिशु बिहीबार राति करिब ९ः०० बजेतिर ताप्लेजुङ श्रीजगा गाउँपालिका–७ का ओमप्रकाश तुमिहाङ लिम्बूले देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा भद्रभलादमीको उपस्थितिमा शिशुलाई उद्धार गरी तत्काल प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।
अस्पताल स्रोतका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापा: बरन्डामा फेला परिन् नवजात शिशु, स्वास्थ्य अवस्था सामान्य
झापा: बरन्डामा फेला परिन् नवजात शिशु, स्वास्थ्य अवस्था सामान्य

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस