फिदिम ।  पाँचथरमा अब एक साता पुर्ण निषेधाज्ञा हुने भएकाे छ ।   निषेधाज्ञा अवधि भर स्वास्थ्य क्षेत्र ( औषधि पसल ) बाहेकका सबै क्षेत्र बन्द रहने छन् । यस अघि साताको तिन दिन बैंक तथा वित्तीय संस्थालाई खुला गर्न दिइएकोमा अब बैंक तथा वित्त क्षेत्र पनि बन्द हुने भएका  छन्। अत्यावश्यक पसलहरु पनि साताको तिन दिन बिहान ५ बजेबाट ९ बजे सम्म्म खुला रहदै आएकोमा अब यो क्षेत्र पनि एक एक सात बन्द गर्ने निणर्य गरिएको छ । खाद्यान्न ढुवानी पनि रोकिने निणर्य भएको छ । इन्टरनेट प्रदान गर्ने गाडि बन्दहरु पनि बन्द गरिने भएको छ ।
यस भन्दा अघि जारी निषेधाज्ञा आज राति सकिँदैछ । भरेबाट थप हुने  निषेधाज्ञाको समयावधिभरि बाहेकका सबै सेवा बन्द हुनेछन् । यसैगरी तरकारी पसलहरु र दुधजन्य पसल बिहान ५ देखि ८ बजे सम्म खुला रहने प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि लामो निषेधाज्ञाले पनि कोरोेनाको चेनब्रेक गर्न नसके पछि निषेधाज्ञा थप कडाइ गरिएको हो । कोरोनाको   रोकथाम तथा नियन्त्रणका लागि सोमबार प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो । निषेधाज्ञाको बेलामा सञ्चालन भई रहेका विकास निर्माण कार्यहरु र विकास निर्माणमा प्रयोग भइरहेका सवारीहरु पनि रोक्ने निणर्य भएको हो ।
                        
                           पाँचथरमा अब एक साता पु्र्ण  निषेधाज्ञा ,  निषेधाज्ञा थप कडाई स्वास्थ्य बाहेकका सबै क्षेत्र बन्द 
                        
                     
                     	
                     पाँचथरमा अब एक साता पु्र्ण निषेधाज्ञा , निषेधाज्ञा थप कडाई स्वास्थ्य बाहेकका सबै क्षेत्र बन्द
         
                  तपाईको प्रतिक्रिया
         संबन्धित शिर्षकहरु
         
         यो पनि हेर्नुहोस 
         
         

        
        
        
        
        
        
        
        
        
  		 
  		 
  		 
                                       										
   		
  		 
  		 
  		 
  		 
  		 

