गिरिराज बाँस्कोटा,
पाँचथर । फालोट/तीन सिमाना क्षेत्रमा यतिबेला बङ्गाली पर्यटक भरिभराउ छन् । सन्दकपुरबाट भारतीय बाटो प्रयोग गर्दै आएका पर्यटकहरुको यहाँको दृष्यमा मोहित भएका देखिन्छन् । त्यसो त नेपाल तर्फबाट पनि यो क्षेत्रमा घुम्न जानेको संख्या उलेख्य रहेको छ ।
तर नेपाल तर्फ आवश्यक पर्यटकिय पूर्वाधार बन्न सकेको छैन् । पाँचथरको उत्तरी फालेलुङ गाँउपालीकामा पर्ने फालोट–तीन सिमाना क्षेत्रमा अत्यान्त सुन्दर छन् । हिमाली दृष्य, उच्च पहाडी क्षेत्रको अनुभव गर्न सकिन्छ । भारतसँग सिमाना जोडिएको यो क्षेत्रमा नेपाल तर्फ पर्याप्त पूर्वाधार बन्न नसक्दा पर्यटकले सुविधा पाउन सकेका छैन् भने आम्दामी पनि गुमिरहेको छ । प्राकृतिक रुपमा यो ठाँउ अत्यान्त सुन्दर रहेको छ ।
सिक्किम भारतसँग विलय हुनु पूर्व भारत, नेपाल र सिक्किमको सिमाना भएकाले यो ठाँउलाई तीन सिमाना भनिन्थ्यो । समुद्र सतहदेखि ३ हजार ५ सय ८७ मीटर उचाईमा रहेको यो ठाँउबाट हिमाल आखैँ अघि देखिन्छ । मौसम अनुसार फरक फरक रुपमा आर्कषक देखिने यो ठाँउमा पर्यटकलाई राख्ने, सडक, पदमार्गको उचित प्रबन्ध छैन् । भारत तर्फ गेष्ट हाउस भएपनि नेपाल तर्फ चौरी गोठमा बस्नु पर्ने हुन्छ ।
यो ठाँउ प्राकृतिक रुपमा सुन्दर छ । यहाँसम्म नेपाल तर्फपनि सडक पुगेको छ । तर सन्दकपुर, चारराते भन्ने जस्ता चर्चित ठाँउ जानआउन कालागि भारतीय सडकको प्रयाग गर्नु पर्ने बाध्यता रहेको छ । यहाँको प्रचार प्रसारका लागि चौथो चौरी महोत्सव लगाईएको थियो । यो महोत्सवमा हजारौँको सहभागिता थियो । नेपाल तर्फ पूर्वाधारको विकास गर्न सके ठुलो संख्यामा पर्यटक आउने सम्भावना रहेको छ । यहाँका गोठलाई गोठस्टेको रुपमा विकास गर्न खोजीएको छ ।
विभिन्न ठाँउबाट पदयात्रा गर्दै यहाँ आउन सकिन्छ । मध्यपहाडी लोकमार्गको सुरुवाती विन्द चिवाभञ्याङदेखि, पौवाभञ्याङ छिन्तापु हुदै यहाँसम्मको पदयात्रा रोचक हुन्छ । चौरीलाई पर्यटनसँग जोड्नु उपयुक्त हुने बताईन्छ । प्राकृतिक रुपमा सुन्दर यो ठाँउमा भारसँग सिमा जोडिएकाले क्रस बोडर टुरीजमको विकास गर्न सकिन्छ ।
बर्खामा हरियाली मस्त हुने यो ठाँउमा असोज–मसिरमा दृष्यावोलका लागि उपयुक्त हुन्छ । हिँउमा रमाउनेकालागि पनि उत्तम यो ठाँउमा सिजन अनुसारका गुराँस लगायका फूल फूल्ने गर्छन् । नेपाल भारतका पर्यटक बढ्दै गएको यो क्षेत्रमा सडक, पदमार्ग, कफि हाउस, होटल लगायतका पूर्वाधार निर्माण तथा प्रचार गर्न आवश्यक छ ।