पाँचथर । जिल्ला निर्वाचन कार्यालय पाँचथरद्धरा निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालहरुको भुमिका विषयक अन्तर्क्रिया कार्यक्रमसम्पन्न भएको छ ।
उक्त अन्तक्र्रिया कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवम् सञ्चारकर्मीको सहभागिता थियो ।
सो अवसरमा निर्वाचन आचारसंहिता र सरोकारवलाहरुको भुमिकाको विषयमा जिल्ला निर्वाचन अधिकारी कुमारप्रसाद भट्टराईले जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले गणतन्त्रको फल जनताको घरदैलोसम्म पुर्याउन स्थानीय तहको निर्वाचनले धेरै ठूलो भूमिका निर्वाह गर्ने बताए ।
अन्य राजनितिक दलका प्रतिनिधिहरुले निर्वाचन आचार सहिता कान्र्यान्वयन हुनु पर्नेका जोड दिएका थिए ।